अमेरिकामा प्रहरीको हतियार खोसेर प्रहरी अधिकृतकै हत्या



प्रकाशित मिति : कार्तिक २३, २०८२ आईतबार

अमेरिकामा प्रहरीको हतियार खोसेर प्रहरी अधिकृतकै हत्या

अमेरिकाको फ्लोरिडा राज्यमा एकजना प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ। सवारी दुर्घटना भएको स्थानमा खटिएका प्रहरी अधिकारीको हतियार खोसेरै गोली हानी हत्या गरिएको हो।

मियामी डेड शेरिफ कार्यालयका २७ वर्षीय डेपुटी डेभिन जरामिल्लोलाई यसरी हत्या गरिएको हो। दक्षिणपश्चिम १२८औं सडकको ब्लकमा उनलाई गोली हानिएको थियो। उनी सवारी दुर्घटनामा खटिएका बेला एक व्यक्तिसँगको विवादपछि आक्रमणमा परेका थिए।

शेरिफ रोजी कोर्डेरो–स्टुट्जका अनुसार जरामिल्लो सामान्य सवारी दुर्घटना भएको ठाउँमा खटिएका थिए। त्यहाँ एकजना पुरुषसँग भएको मौखिक विवाद शारीरिक झडपमा परिणत भएपछि यो घटना भएको हो।

अमेरिकामा प्रहरीको हतियार खोसेर प्रहरी अधिकृतकै हत्या

आरोपीले डेपुटीसँग रहेको हतियार खोसेर त्यही हतियार प्रयोग गरी उनलाई धेरै गोली हानेको बताइएको छ।

घाइते जरामिल्लोलाई फ्लोरिडाको केन्डल अस्पतालमा लगिएको थियो, तर उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भयो।

घटनापछि आरोपी २१ वर्षीय स्टीभन डेभिड रुस्त्रियनले आफ्नै सवारीमा गएर आत्महत्या गरेका थिए।

ट्राफिक दुर्घटनामा संलग्न अर्को व्यक्ति पक्राउ परे पनि पछि छोडिएको छ। यस घटनाको शेरिफ कार्यालयको होमिसाइड ब्यूरोले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।





Source link

Leave a Comment