ट्रम्प र पुटिनबीच हंगेरीमा हुने शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको जेलेन्स्कीको भनाइ



प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार

ट्रम्प र पुटिनबीच हंगेरीमा हुने शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको जेलेन्स्कीको भनाइ

फोटो : रासस

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निमन्त्रणा प्राप्त भएमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनसँग हंगेरीमा प्रस्तावित शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनले बिहीबार फोन वार्ता गरेपछि युक्रेन युद्धबारे छलफल गर्न बुडापेस्टमा बैठक गर्ने योजना बनाएको घोषणा गरेका थिए। बैठकको मिति आगामी हप्ताभित्रै तय हुने अनुमान गरिएको छ।

जेलेन्स्कीले भने, “यदि त्यो बैठक तीन पक्षबीच हुने हो भने त्यस्तो कुनै पनि ढाँचामा हामी सहमत हुनेछौँ।”

ट्रम्प र पुटिनबीच हंगेरीमा हुने शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको जेलेन्स्कीको भनाइ

ट्रम्प र पुटिनबीच हंगेरीमा हुने शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको जेलेन्स्कीको भनाइ

ह्वाइट हाउसमा भएको जेलेन्स्की र ट्रम्पबीचको बैठक “चर्काचर्कीमा” समाप्त भएको खबर बाहिर आएका छन्। अमेरिकी पक्षले युक्रेनलाई युद्ध अन्त्यका लागि रुसका सर्तहरू स्वीकार गर्न दबाब दिएको बताइएको छ।

पत्रकार सम्मेलनमा जेलेन्स्की संयमित देखिए, तर उनका भनाइहरूले दुई देशबीचका मतभेद गहिरो रहेको स्पष्ट पारेको देखिएको थियो। उनले बैठकलाई “खुला र स्पष्ट” भएको बताएका थिए।

हंगेरीलाई सम्भावित वार्ता स्थलका रूपमा चयन गरिएकोमा जेलेन्स्कीले आलोचना गर्दै त्यहाँका प्रधानमन्त्री भिक्टर अर्बानले युक्रेनीहरूका लागि केही सकारात्मक कुरा गर्न नसक्ने र उनले सन्तुलित योगदान दिन पनि नसक्ने बताएका थिए।

ट्रम्पले बैठकपछि सामाजिक सञ्जालमा लेखे, “रुस र युक्रेन जहाँ छन्, त्यहीँ रोकिऊन्। दुवैले ‘विजय’ दाबी गरून्, इतिहासले फैसला गर्नेछ!”

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण गरेको थियो। अहिले पनि देशको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ। जसमा सन् २०१४ मा कब्जा गरिएको क्राइमिया प्रायद्वीप पनि पर्छ।

ट्रम्प र पुटिनबीच हंगेरीमा हुने शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको जेलेन्स्कीको भनाइ

ट्रम्पले नेटो सदस्य राष्ट्रहरू, चीन र भारतलाई पनि रुसको तेल किन्ने कार्य रोक्न दबाब दिइरहेका छन्।

उनले पहिले पुटिनले वार्ता अगाडि नबढाए कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। तर त्यो धम्की कार्यान्वयन भएको छैन।

ट्रम्प र जेलेन्स्कीबीचको सार्वजनिक सम्बन्ध पछिल्ला महिनाहरूमा सुधारिएको देखिएको छ।





Source link

Leave a Comment