राष्ट्रपति ट्रम्प भन्छन्: ‘अमेरिकी सहरलाई सेनाको प्रशिक्षण मैदान बनाउन आवश्यक’



प्रकाशित मिति : आश्विन १३, २०८२ मंगलबार

राष्ट्रपति ट्रम्प भन्छन्: ‘अमेरिकी सहरलाई सेनाको प्रशिक्षण मैदान बनाउन आवश्यक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहरहरूलाई सेनाका लागि “प्रशिक्षण मैदान”को रूपमा प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।

भर्जिनियाको क्वान्टिकोस्थित ५५ हजार एकड क्षेत्रफलको मरीन कर्प्स बेसमा आयोजित कार्यक्रममा विश्वभरका सयौँ शीर्ष सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै ट्रम्पले नागरिक अशान्तिलाई “भित्री दुश्मन”को रूपमा चित्रण गरेका छन्।

यसअघि ट्रम्पले वाशिङ्टन डीसी, लस एन्जेलस, र पोर्टल्यान्ड (ओरेगन) मा अपराध नियन्त्रण र आप्रवासन कार्यान्वयनलाई सहयोग पुर्‍याउन नेसनल गार्ड पठाएका थिए।

राष्ट्रपति ट्रम्प भन्छन्: ‘अमेरिकी सहरलाई सेनाको प्रशिक्षण मैदान बनाउन आवश्यक’

राष्ट्रपति ट्रम्प भन्छन्: ‘अमेरिकी सहरलाई सेनाको प्रशिक्षण मैदान बनाउन आवश्यक’

युद्धमन्त्री पिट हेगसेथले पेन्टागनमा रहेको “वोक संस्कृतिको अन्त्य” भएको घोषणा गरे। वोक संस्कृति भन्नाले समाजमा हुने अन्याय, विभेद, लिङ्गीय असमानता, जातीय–नस्लीय भेदभाव, वातावरणीय समस्या वा अल्पसंख्यक समुदायको अधिकार जस्ता विषयमा सचेत रहने र विरोध गर्ने प्रवृत्तिलाई जनाइन्छ।

उनले सैनिक अधिकारीहरूका लागि नयाँ “पुरुष-स्तरका शारीरिक फिटनेस मापदण्ड” लागू गर्ने बताएका छन्। उनले भने, “मापदण्ड एकरूप, लिङ्ग-निरपेक्ष र उच्चस्तरको हुनुपर्छ भन्नेमा आफू प्रतिबद्ध छु।”

हेगसेथले केही महिलाहरूलाई लडाकु भूमिकाबाट बाहिर राख्न सकिने चेतावनीसमेत दिए। उनले अनुशासन सुधारका लागि दाह्रीको छुट, गुमनाम उजुरी प्रक्रिया, र “अव्यावसायिक देखावट”को अन्त्य गर्ने बताएका छन्।

ट्रम्पले डेमोक्रेट नेतृत्वका सहरहरू सन फ्रान्सिस्को, शिकागो, न्युयोर्क, र लस एन्जेलसलाई असुरक्षित भन्दै ती सहरहरूलाई एक-एक गरेर सुधार गर्ने बताएका छन्।

उनले भने, “यो भित्रैको युद्ध हो। हाम्रो सीमाको भौगोलिक नियन्त्रण राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक छ।”

राष्ट्रपति ट्रम्प भन्छन्: ‘अमेरिकी सहरलाई सेनाको प्रशिक्षण मैदान बनाउन आवश्यक’

इलिनोइका गभर्नर जेबी प्रित्ज्करले ट्रम्पलाई अमेरिकी सहरहरूमा सेना र आइस को प्रयोग गरी “आक्रमण र अव्यवस्था फैलाएको” आरोप लगाउँदै “सैनिक र राष्ट्रलाई तपाईंको सानो तानाशाहीभन्दा राम्रो नेतृत्व आवश्यक रहेको” बताए।

ट्रम्पले रक्षा मन्त्रालयलाई फेरि “युद्ध मन्त्रालय” नामकरण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। उनले यो नाम “इतिहासमै हाम्रो उद्देश्य, पहिचान र गौरवको पुनःस्थापना” भएको बताए। उनले यो कदमका कारण भर्ती संख्यामा ठूलो वृद्धि भएको दाबी गरे।

उनले आफ्नो सम्बोधनमा अमेरिकी सेनाको उपलब्धि, नेतृत्व, प्रशिक्षण, र कार्यक्रमको आलोचना पनि गरे। उनले “वोक फोहोर,” “जलवायु परिवर्तनको ध्यान भंग,” र “टक्सिक नेताको लेबल” को डरले अधिकारीहरू कमजोर भएको बताए।

यस कार्यक्रममा युरोप, दक्षिण कोरिया, मध्यपूर्वजस्ता स्थानबाट आएका वरिष्ठ अधिकारीहरू सहभागी थिए। धेरैले आफ्नो पोशाकमार्फत आर्मी, नेभी, एयर फोर्स, मरीन कर्प्स, र स्पेस फोर्सको प्रतिनिधित्व गरेका थिए। कतिपयले अफगानिस्तान, इराक, र ९/११ पछि सुरु भएको आतङ्कविरुद्धको युद्धमा सहभागिता जनाएका अभियान पदक समेत लगाएका थिए।





Source link

Leave a Comment