ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर: पेन्टागनको नाम परिवर्तन, अब ‘युद्ध मन्त्रालय’



प्रकाशित मिति : भाद्र १९, २०८२ शुक्रबार

ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर: पेन्टागनको नाम परिवर्तन, अब ‘युद्ध मन्त्रालय’

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नाम अब ‘युद्ध मन्त्रालय’ (डिपार्टमेन्ट अफ वार) मा परिणत भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यसको आधिकारिक नाम परिवर्तनको घोषणा गरेका हुन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना भएकोले मन्त्रालयको नाम ‘युद्ध मन्त्रालय’ राख्नु उपयुक्त हुने बताए।

यो आदेशले रक्षा मन्त्री, रक्षा मन्त्रालय र यसका मातहतका अधिकारीहरूलाई अबदेखि ‘युद्ध सचिव’ (सेक्रेटरी अफ वार) र ‘युद्ध मन्त्रालय’ जस्ता शीर्षकहरू प्रयोग गर्ने अधिकार दिएको छ। आदेश जारी भएलगत्तै अधिकारीहरूले यसको कार्यान्वयन सुरु गरिसकेका छन्।

ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर: पेन्टागनको नाम परिवर्तन, अब ‘युद्ध मन्त्रालय’

रक्षा मन्त्री पिट हेगसेथले यसलाई ‘केवल नाम परिवर्तन नभई पुनर्स्थापना’ भनेर व्याख्या गरेका छन्। उनका अनुसार अब अमेरिकी सेनाले ‘रक्षा मात्र होइन, आक्रमणमा पनि ध्यान दिनेछ’ र यो नाम परिवर्तनले देशले ‘रक्षक मात्र नभई योद्धा’ पनि तयार गर्ने संकेत गर्छ।

यस आदेशले सबै संघीय मन्त्रालय र एजेन्सीहरूलाई आन्तरिक तथा बाह्य सञ्चारमा नयाँ शीर्षकलाई मान्यता दिन निर्देशन दिएको छ। यद्यपि, मन्त्रालयको स्थायी नाम परिवर्तनका लागि संसदको सहयोग आवश्यक हुन सक्छ। ट्रम्पले भने यस विषयमा स्पष्ट नभएको बताउँदै ‘चाँडै नै पत्ता लाग्ने’ बताएका छन्।

यसअघि सन् १९४९ मा राष्ट्रपति ह्यारी ट्रुम्यानको पहलमा ठूलो सैन्य पुनर्गठनसँगै ‘युद्ध मन्त्रालय’ को नाम परिवर्तन भएको थियो। ‘डिपार्टमेन्ट अफ वार’ नामको सुरुवात अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङटनले सेना स्थापनाको समयमा गरेका थिए।

पेन्टागन अमेरिकाको राजधानी वाशिङ्टन डी.सी. नजिकै भर्जिनियाको आर्लिङ्टन काउन्टीमा अवस्थित छ।

पेन्टागन विश्वकै सबैभन्दा ठूलो प्रशासनिक भवनमध्ये एक हो। यसमा करिब २८ हजार सैनिक तथा नागरिक कर्मचारीहरूले काम गर्छन्। भवनको आकार पाँचभुज आकारमा बनेको हुनाले यसलाई पेन्टागन भनिएको हो।

ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर: पेन्टागनको नाम परिवर्तन, अब ‘युद्ध मन्त्रालय’

सन् १९४१ मा यसको निर्माण सुरु गरिएको थियो र १९४३ मा सम्पन्न भयो। दोस्रो विश्वयुद्धको समयमा अमेरिकालाई ठूलो सैन्य प्रशासनिक केन्द्र आवश्यक भएकाले यस भवनको निर्माण गरिएको हो।

पेन्टागनलाई अमेरिकी सेनाको मस्तिष्क वा सैन्य रणनीति केन्द्र पनि भनिन्छ। यहाँबाट अमेरिकी थल, जल, वायु तथा अन्तरिक्ष सेनाको सम्पूर्ण प्रशासन, नीति निर्माण तथा रणनीतिक आदेश जारी गरिन्छ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणमा पेन्टागन पनि निशानामा परेको थियो, जसमा ठूलो जनधनको क्षति भएको थियो। पेन्टागन अमेरिकी सैन्य शक्ति र सुरक्षा नीतिको मुख्य केन्द्र हो।





Source link

Leave a Comment