अमेरिकामा विमानको इन्जिन फेल भएपछि आपतकालीन अवतरण



प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार


अमेरिकामा इन्जिन फेल भएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ ।

वाशिङटन डल्लस इन्टरनेशनल एयरपोर्टबाट जर्मनीको म्युनिखतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमान इन्जिन फेल भएपछि गत साता आपतकालीन अवतरण गर्न बाध्य भएको हो ।

२५ जुलाईमा युनाइटेड फ्लाइट १०८ उडेको थियो । उडानको केही मिनेटमै इन्जिनमा समस्या देखिएपछि डल्लास फर्किएको हो ।

विमान कम्पनीका अनुसार विमानमा २१९ यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए।

बोइङ ७८७ विमान उडानपछि करिब ५ हजार फिट उचाइमा पुग्दा पाइलटले एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेका थिए ।

उनले “इन्जिन फेल, बायाँ इन्जिन, युनाइटेड १०८ आपतकालीन स्थिति घोषणा गर्दैछ । “मेडे, मेडे, मेडे” पाइलटले भनेका थिए । मेडे भन्ने शब्द हवाइजहाजमा गम्भीर संकट वा आपतकालीन अवस्था सूचित गर्न प्रयोग गरिन्छ।

एयर ट्राफिक कन्ट्रोलरले पाइलटलाई सोधे, “के तपाईं अहिले दायाँ मोडिएर फिर्ता जान सक्नुहुन्छरु तपाईं र विमानस्थलको बीचमा अरू कुनै विमान छैन।”

उक्त विमान साँझ ८ बजे उडेपछि केही बेरमा घुमेर करिब ३० मिनेटपछि सुरक्षित रूपमा डल्लसमा अवतरण गरेको थियो।

अमेरिकामा विमानको इन्जिन फेल भएपछि आपतकालीन अवतरण

अवतरणपछि विमानलाई एयरपोर्टको फायर एण्ड रेस्क्यु टिमले जाँच गरेपछि गेटसम्म तानेर लगिएको थियो । यस घटनाले अन्य उडानहरूमा कुनै असर नपरेको बताइएको छ।

युनाइटेड एयरलाइन्सले विमान सुरक्षित रूपमा अवतरण गरेको र सबै यात्रुहरू सामान्य रूपमा गेटमा झरेका बताएको छ । त्यसपछि सो उडान रद्द गरिएको थियो ।





Source link

Leave a Comment