दलाई लामा भन्छन : पुनर्जन्म चिन्ने एकमात्र अधिकार भारतलाई, चीनको हस्तक्षेप अस्वीकार्य



प्रकाशित मिति : असार १८, २०८२ बुधबार


दलाई लामाले तिब्बती बौद्ध धर्मको भविष्यबारे धरमशालामा वरिष्ठ भिक्षुहरूसँग छलफल गरेका छन । उनले पुनर्जन्मबारे चीनको हस्तक्षेप अस्वीकार गर्ने बताएका छन ।

८९ वर्षीय तिब्बती आध्यात्मिक नेता दलाई लामाले भारतको हिमाली सहर धरमशालामा वरिष्ठ बौद्ध भिक्षुहरूको सम्मेलनमा आफूको आध्यात्मिक पदको भविष्य र त्यसलाई चीनको बढ्दो दबाबबाट कसरी सुरक्षित राख्ने भन्नेबारे छलफल गरेका छन ।

तीन दिने सम्मेलनमा पठाइएको रेकर्ड गरिएको भिडियो सन्देशमा उनले आफ्नो मृत्युपछि तिब्बती बौद्ध धर्मको सर्वोच्च पद ९दलाई लामा० अनिश्चिततामा पर्ने सम्भावनालाई सम्बोधन गरेका बताइएको छ । जुन समयमा चीनले आफूले रोजेको व्यक्तिलाई दलाई लामा बनाउने प्रयास गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि उनले यसबारे विशेष योजना बताएनन ।

दलाई लामा भन्छन : पुनर्जन्म चिन्ने एकमात्र अधिकार भारतलाई, चीनको हस्तक्षेप अस्वीकार्य

दलाई लामा भन्छन : पुनर्जन्म चिन्ने एकमात्र अधिकार भारतलाई, चीनको हस्तक्षेप अस्वीकार्य

चीनले यो संस्थालाई प्रयोग गर्न सक्ने डरले दलाई लामा पद अन्त्य गर्ने विचार पहिला व्यक्त गरेका थिए । तर अब उनले स्पष्ट पारेका छन् कि पद कायम रहनेछ र पुनर्जन्मको प्रक्रिया अगाडि बढ्नेछ।

दलाई लामाले भारतमा दर्ता गरिएको र उनीकै कार्यालय अन्तर्गत रहेको गदेन फोद्राङ ट्रस्टले पुनर्जन्म चिन्ने एकमात्र अधिकार राख्ने घोषणा गरेका छन । उनले यस मामिलामा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहेको बताएका छन ।

तर चीनले भने यसको ठीक विपरीत दाबी गर्दै आएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले पुनर्जन्मको स्वीकृति केन्द्रीय सरकारले दिनुपर्छ भनेको छ। तिब्बतमा दलाई लामाको प्रभाव कम गर्ने प्रयास उक्त पार्टीले गरिरहेको छ ।

https://www.youtube.com/watch?v=videoseries

“१९६० र ७० को दशकमा दलाई लामाले यो संस्था अन्त्य गरिनु पर्छ भन्ने प्रस्ताव राखेका थिए। तर समयसँगै तिब्बती जनताको चाहना बुझेपछि उनले संस्थालाई निरन्तरता दिने निर्णय गरेका हुन ।

उनले भनेका छन “१४औं दलाई लामापछि १५ औं हुनेछ, अनि १६औं पनि।” यद्यपि, उनले चिनियाँ हस्तक्षेपबाट पुनर्जन्म प्रक्रिया कसरी सुरक्षित गरिने भन्नेबारे भने केही खुलाएनन्।

दलाई लामा भन्छन : पुनर्जन्म चिन्ने एकमात्र अधिकार भारतलाई, चीनको हस्तक्षेप अस्वीकार्य

दलाई लामा सन् १९५९ मा चीनको सेनाले तिब्बतमा कब्जा गरेपछि भारततर्फ निर्वासनमा आएका थिए । त्यसयता धरमशालामा बसेका छन्। उनी तिब्बती स्वशासन र धार्मिक स्वतन्त्रताको पक्षमा विश्वभर आवाज उठाउँदै आएका छन्।

चीनले उनलाई ूविभाजनकारीू मान्दै आएको छ । उनको अनुपस्थितिमा तिब्बती धार्मिक संस्थाहरूलाई राज्यको नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

परम्पराअनुसार दलाई लामाको मृत्युपछि मात्रै नयाँ पुनर्जन्मको खोज सुरु हुन्छ । जसमा वर्षौं लाग्न सक्छ। यो अन्तरालमा चीनले हस्तक्षेप गर्न सक्ने डरले दलाई लामाको रणनीति निर्माणमा प्रभाव पारेको हो।

उनले सन् २०११ मा निर्वासित तिब्बती सरकारको राजनीतिक नेतृत्व त्याग गरेका थिए । जसले निर्वासित सरकारलाई लोकतान्त्रिक रूपमा बलियो बनाएको थियो।

दलाई लामाले अब स्पष्ट पारेका छन् कि उनको आध्यात्मिक पद जारी रहनेछ । पुनर्जन्म चिन्ने अधिकार भारतस्थित उनको ट्रस्टसँग मात्र रहनेछ।

चीनले यसबारे असहमति जनाए पनि तिब्बती समुदायले परम्परागत विधिमा विश्वास गर्ने सन्देश दलाई लामाले दिएका छन्।





Source link

Leave a Comment