शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने



प्रकाशित मिति : जेष्ठ १७, २०८२ शुक्रबार

शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने

मे ३१, शनिबार न्यू जर्सीमा बसोबास गर्ने नेपाली समुदाय नेपाल डे फेस्टिभल मनाउन एकजुट हुने भएको छ। न्यू जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा दिउँसो १:०० बजेदेखि साँझ ६:०० बजेसम्म आयोजना हुने उक्त फेस्टिभलमा नेपाल झल्काइने आयोजकहरूले जानकारी दिएका छन्।

फेस्टिभलले भौगोलिक दूरीलाई भावनात्मक रूपमा नजिक ल्याउने उद्देश्य राखेको छ। साथै, नेपालको समृद्ध सांस्कृतिक सम्पदा, कला, पर्यटन र परम्परागत पहिरनलाई स्थानीय फेयर लन समुदायमा परिचय गराउने लक्ष्य समेत राखिएको आयोजकहरूको भनाइ छ। यस अवसरले युवा पुस्तालाई आफ्नो मूल संस्कृतिबारे शिक्षित गर्न र नेपाली डायस्पोरामा जीवित परम्पराहरूलाई जोगाइराख्न मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

आयोजकका अनुसार, फेस्टिभलमा नेपाली संस्कृतिको झल्को दिने विविध रोमाञ्चक गतिविधिहरू समावेश हुनेछन्। सहभागीहरूले नेपालका परम्परागत संगीत र नृत्य प्रस्तुतीहरूको आनन्द लिन सक्नेछन् भने स्वादिष्ट नेपाली परिकारहरू पाइने स्टलहरू समेत रहनेछन्। परिवारका सबै सदस्यलाई लक्षित बालमैत्री खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिनेछ। कार्यक्रममा नेपाली झण्डोत्तोलन  हुनेछ।

शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने

शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने

शनिबार न्यू जर्सीको फेयर लनमा नेपाल डे फेस्टिभल, नेपाल झल्काइने

कार्यक्रममा ख्यातिप्राप्त ट्रेकिङ गाइड तथा पर्वतारोहीहरूसँग अन्तरक्रियात्मक सत्रहरू पनि हुनेछन्। साथै, नेपालका प्रमुख तीर्थस्थलहरू र मनमोहक भौगोलिक दृश्यहरू समेटिएको फोटो प्रदर्शनीको पनि आयोजना गरिनेछ। विविध जातजातिका नृत्य र झाँकीहरू सहितको भव्य सांस्कृतिक शोभायात्रा समेत हुनेछ।

आयोजक समिति सदस्य राजेन्द्र श्रेष्ठले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै यसको महत्वलाई जोड दिएका छन्। “हाम्रो सांस्कृतिक धरोहरलाई स्थानीय समुदायमा चिनाउन र न्यू जर्सी सहित अमेरिकाका विभिन्न राज्यहरूमा छरिएर रहनुभएका नेपाली समुदायलाई फेयर लनमा एकत्रित गराउने अवसर पाउँदा गर्व लागेको छ,” श्रेष्ठले भने।

श्रेष्ठले सबैलाई कार्यक्रममा सहभागी भइ परिवार, साथी तथा छिमेकीहरूसँग यो उत्सवलाई सफल बनाउन आह्वान गरेका छन्। फेस्टिभल ग्रेटर जर्सी नेपाली समाज, न्युजर्सी नेपाली समाज, एनआरएनए न्युजर्सी च्याप्टर, एआरसी फर नेपाल, नेपाल सरकारका पर्यटन प्रवर्द्धक, वुमन फर कज, फ्रेण्ड्स अफ नेपाल न्युजर्सी लगायतको  आयोजनामा हुन लागेको हो।





Source link

Leave a Comment