रुस-युक्रेन युद्धविरामका लागि ‘राम्रो कुराकानी’ भएको राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न प्रयास भइरहेको बताउँदै केही ‘राम्रो कुराकानी’ भएको दाबी गरेका छन्।

साउथ लनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी रुस-युक्रेन मामिलामा अगाडि बढिरहेका छौँ। आज केही महत्त्वपूर्ण कुराकानीहरू भए, र सायद हामी यो विनाश रोक्न सक्नेछौँ।”

तर, उनले ती कुराकानी कससँग भएको थियो भन्ने खुलाएनन्।

रुस-युक्रेन युद्धविरामका लागि ‘राम्रो कुराकानी’ भएको राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

रुस-युक्रेन युद्धविरामका लागि ‘राम्रो कुराकानी’ भएको राष्ट्रपति ट्रम्पको प्रतिक्रिया

पत्रकारहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कुनै समय सीमा दिएका हुन् कि भनेर प्रश्न गर्दा ट्रम्पले भने, “समय सीमा होइन, तर मलाई लाग्छ, चाँडै एउटा हुनेछ। अहिले दुवै पक्षले कडा सङ्घर्ष गरिरहेका छन्, तर मलाई विश्वास छ, समाधान छिट्टै आउनेछ।”

रुस र युक्रेनबीच २०२२ देखि युद्ध जारी छ ।

Source link

Leave a Comment