सुडानमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा ४६ जनाको मृत्यु



प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

सुडानमा सैनिक विमान दुर्घटनाहुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको आवासीय क्षेत्रमा दुर्घटना भएको हो ।

सैन्य यातायातको विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको र कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।

सेनासम्बद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सुडानमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा ४६ जनाको मृत्यु

सुडानमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा ४६ जनाको मृत्यु

राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। विमानमा प्रविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको बताइएको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमादान डग्लोबीच करिब दुई वर्ष लामो द्वन्द्वमा यी घटनाले तीव्रता पाएका छन् ।

संयुक्त राष्ट्रसंघले सुडानमा दशौं हजार मानिसको ज्यान गएको बताएको छ । यस लडाईंले खार्तूम र अन्य प्रमुख शहरहरू तहसनहस पारेको छ । लाखौँ मानिसहरू विस्थापित भएका छन् ।

महत्त्वपूर्ण पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । मध्य सुडान र राजधानीमा हालै सेनाले नियन्त्रण लिने प्रयासमा प्रगति भएको तर द्वन्द्व समाधानको कुनै सङ्केत देखिएको छैन।

सुडानमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा ४६ जनाको मृत्यु





Source link

Leave a Comment