अमेरिकाले सार्वभौमिक सम्पति कोष स्थापना गर्ने, टिकटक खरिद हुन सक्ने ट्रम्पको संकेत



प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

अमेरिकाले सार्वभौमिक सम्पति कोष ( सावरेन वेल्थ फण्ड ) स्थापना गर्ने भएको छ । यो कोष निर्माण गर्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

यो कोष ठूला मध्यको एक हुने बताएपनि ट्रम्पले कोषमा पैसा कसरी जम्मा हुन्छ भनेर स्पष्ट पारेका छैनन । तर उनले यो कोषले सामाजिक सञ्जालहरुलाई किन्न सक्ने बताएछन ।

९० भन्दा बढी देशहरूमा सार्वभौमिक सम्पत्ति कोषहरू छन् । ट्रम्पले चुनावी अभियानका क्रममा यो विचार अघि बढाएका थिए ।

कोषलाई आगामी १२ महिनाभित्र स्थापना गर्ने लक्ष्य राखिएके छ । यस योजनाले अमेरिकन जनताका लागि वर्तमानमा अमेरिकाको स्वामित्वमा रहेका सम्पत्ति मोनेटाइज गर्नेछ ।

साउदी अरेबिया र नर्वेले विश्वका दुई प्रमुख सार्वभौमिक सम्पत्ति कोषहरू चलाउँदै आएका छन् । यी कोषहरूले विश्वभरका कम्पनीहरू र परियोजनाहरूमा लगानी गर्छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकी सार्वभौमिक सम्पत्ति कोषले पूर्वाधार परियोजनाहरू जस्तै एयरपोर्ट, सडक र चिकित्सा अनुसन्धानलाई सहयोग गर्ने बताएका छन ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उनले यो कोषले टिकटक जस्तो सामाजिक मिडिया प्लेटफर्म किन्ने सम्भावना पनि व्यक्त गरेका छन ।

चीनको स्वामित्वमा रहेको टिकटकलाई गत महिना अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा चिन्ताका कारण अस्थायी रुपमा बन्द गरिदिएको थियो ।

अमेरिकाले सार्वभौमिक सम्पति कोष स्थापना गर्ने, टिकटक खरिद हुन सक्ने ट्रम्पको संकेत

पछि कार्यकारी आदेशबाटै ट्रम्पले टिकटकलाई ९० दिनको समय सीमा दिएका थिए । ९० दिनपछि टिकटक या त अमेरिकामा बेचिनु पर्नेछ या त बन्द हुनुपर्नेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School