कागजातविहीन आप्रवासी जोगाएको आरोपमा मेरिल्यान्डविरुद्ध मुद्दा, अन्य २० राज्य पनि छानबिनमा
प्रकाशित मिति : २५ असार २०८३, बिहिबार अमेरिकाको संघीय अध्यागमन कानुन कार्यान्वयनमा अवरोध पुर्याएको आरोपमा जस्टिस डिपार्टमेन्टले मेरिल्यान्ड राज्य र त्यहाँका महान्यायाधिवक्ता एन्थोनी ब्राउनविरुद्ध मुद्दा दायर गरेको छ। मेरिल्यान्डको ‘स्यान्चुरी पोलिसी’ (शरणस्थान नीति) ले संघीय कानुनको पालनामा बाधा पुर्याएको मन्त्रालयको दाबी छ। सह-महान्यायाधिवक्ता स्ट्यान्ली उडवर्डका अनुसार संघीय अध्यागमन अधिकारीहरूले कंग्रेसद्वारा …