पृथ्वीमा हमला गर्न एलियन आए के होला ?


के साँच्चै हकिकतमा एलियनहरू पृथ्वीमा अवतरण भए भने यो मानव सभ्यता जोगाउन सकिएला त ? कि आजको विज्ञानको चरम विकास पनि बेकार हुनेछ रु विज्ञानको तरक्की वैज्ञानिकको मात्र होइन, अब सिङ्गो पृथ्वीको चुनौती बन्न सक्छ ।

यदि अबको केही वर्षपछि एलियनहरू पृथ्वीमा हमला गर्न आउने खबर प्राप्त भए के होलारु  यो पृथ्वी। यहाँका विभिन्न जीव(प्रजाति। विशेषतः मान्छे। मान्छेले विनिर्माण गरेको समाज। राज्य। सरकार। सत्ता। अझ भनौं चरम विकास भइरहेका सूचनाप्रविधिको क्षेत्र। विज्ञानले कैयौं क्षेत्रमा गरेको तरक्की। धर्मको फराकिलो दायरा। समाजले निर्धारण गरेका विभिन्न मानवीय तथा सामाजिक तह(तप्का। विकासका आधुनिक मोडेल र तिनको विकास। यी सबै(सबै के होला रु यी सबै जोगाउन, अझ विशेषतः मान्छेको अस्तित्व जोगाउन मान्छेले कुन हदसम्मको प्रयत्न गर्नुपर्लारु त्यो क्षण कस्तो रहला एलियनसँगको युद्ध रु

पृथ्वीको जुन कुनै तहमा रहेका सम्पूर्ण मानव जातिको प्रमुख ध्येय विभिन्न सीमारेखा कोरेर संकुचन बनाएको राज्यभन्दा बाहिर निस्केर साझा धर्ती ९पृथ्वी० को सम्पूर्ण स्रोत तथा साधनसँगै पृथ्वीका प्रत्येक कुना(काप्चामा बाँचिरहेका मानव मस्तिष्कको खर्च अन्ततः एलियनसँग हुने युद्धकै सेरोफेरोमै कैयौं वर्ष सम्भवतः सकिने होला रु खैर, थोमोडाइनामिक्सको सेकेण्ड ल अनुसार प्रत्येक वस्तु आखिरमा बेकार छ । त्यसको कुनै अर्थ-उपादेयता छैन। वास्तवमा विज्ञान बेकार छ। यो विकास। विशेषतः मानव चेतना नै !

शायद, हामी सबैलाई लाग्नेछ, यो २१ औं शताब्दीको सभ्यताको अन्त्य हुँदैछ। यो सत्य हो । देखिएकै छ जसरी पृथ्वीको विभिन्न तहमा दोहन भइरहेको छ। झन् एलियनहरू नै हमला गर्न पृथ्वीमा उत्रिए भने हामीले त जरूर हात उठाउनुपर्नेछ किनकि एलियनहरूको जित लगभग निश्चित छ।  उनीहरू हरेक अवस्थामा हामीहरूभन्दा करिब २०० वर्ष अगाडि छन् । विज्ञानको अनुमान छ। उनीहरू एड्भान्स छन्, वैज्ञानिकहरूको दाबी छ। त्यसैले, उनीहरूले अर्कै नयाँ दुनियाँ बनाउने छन्, यहाँ।

तर, यो हकिकत तत्कालको वर्तमान पृथ्वीको समयजोनको लागि भने वास्तविक होइन । भविष्य के हुनेछ रु त्यो तत्काल कसैलाई था’छैन । नासाका वैज्ञानिकहरूलाई पनि ! तर, एलियनहरूसँग संवाद गर्न वैज्ञानिकहरू आतुर भने पक्कै छन् ।

अब कुरा गरौं, मैले त यहाँ नेटफ्लिक्समा रहेको ‘थ्री वडी प्रब्लम’ सेरिजको बारेमा लेख्न खोजेको हुँ।  हामी सम्पूर्ण पृथ्वीवासीको चिन्ताको विषय नै यही हुनेछ अब। यहाँको स्रोत तथा साधनको प्रयोग केवल एलियन विरूद्ध हुने युद्धको तयारीका लागि खर्चिनेछ। मानव मस्तिष्कको ठूलो चुनौती मान्छे मान्छेसँग होइन । एकअर्को राज्यहरूबीच पनि होइन ।  न कुनै जातिबीच ।  न कुनै समुदाय वा धर्मबीच। न त आर्टिफिसियल इन्टेलिजेन्सँगको नै हुनेछ। एलियनसँग हुनेछ। यदि एलियनहरू छन् र तिनीहरूबाट ‘कन्फर्मेशन’ को सन्देश प्राप्त भए के होला ?  सोच्नुभएको छ, कहिल्यै ।

हो, एलियनसँगको कनेक्शन र उनीहरूले हमला गर्न आउने संकेतपछि युद्धको तयारीको सेरोफेरोमा घुमेको एउटा गज्जबको वेबसेरिज नेटफ्लिक्समा आएको छ, ‘थ्री वडी प्रब्लम’। यो सेरिजको बारेमा लेखूँ कि नलेखूँ भइरहेको छ। न यहाँ मैले समीक्षा जसरी आलोचनात्मक तहबाट मेरो धारणा पेश गर्न नै खोजेको छु। न दोस्रो सिजनको आकलन।

यहाँ त मैले सेरिज सकाएपछि रन्थनिएको मेरो मस्तिष्क हलुका पार्न म थोरै पोखिएको छु। म भन्छु, आजको सूचनाप्रविधिको विकास, अझ विज्ञानको विकासमा पनि क्वान्टम फिजिक्स वा नानो टेक्नोलोजीमा भइरहेको विकासका सन्दर्भमा यो सेरिजले मानव विकासका आगामी दिनको औचित्य तथा चुनौती प्रस्ट पेश गरेको छ। विश्व समुदायमा चरम विकास ९जसलाई हामी भन्दै आएका छौं० वा चरम विनाश आखिर भइरहेको चैं के होरु द्विविधा छ। दुवै प्रस्पेक्टिभलाई तर्कसंगत बहस झैं सेरिजले देखाइएको छ।

मानौं, कुनै दिन मान्छेले मान्छेसँग। प्रकृतिमा भइरहेको अत्यधिक दोहन सहन नसकेर मान्छेले प्रतिशोध साध्यो भने के हुन्छरु कहिलेकाहीं तपाईंले स(साना कुरामा कसैप्रति प्रतिशोध साध्नुभएको छरु त्यसको परिणाम अन्ततः सकारात्मक वा नकारात्मक के आउँछरु यसले कुन तहको समस्या निम्त्याउनेछरु सोच्नुस् त !

यो सेरिजको एक मुख्य पात्र डा। ये येन्जीले आफ्नै समाज, राज्यव्यवस्था, क्रान्ति र उनको पिताको हत्याको कारणप्रति प्रतिशोध साध्दा उनी एलियनसँग संवाद गर्न पुग्छिन् । कसरी पुग्छिन् त्यो त वेबसेरिजमा स(विस्तार छ। विश्वलाई हाँक दिने गरी राज्य नामको नेतृत्व तहमा रहेका शासकहरूले जसरी बुझिरहेका छन्, यो विश्व। यो सामाजिक शृंखला। यो पारिस्थितिक प्रणाली। र, उनीहरूले जसरी आम सर्वसाधारण मान्छेका लागि जस्ता प्रकृतिका ‘कुतर्क-धारणा’ पेश गरिरहेका छन्। जसरी प्राकृतिक स्रोत-साधनमाथि दोहन भइरहेको छ।

विज्ञान र सूचनाप्रविधिको विकासका सन्दर्भमा ठीक र बेठीक मतभेद भन्दा टाढा कतै तर्क(न्याय जस्ता ‘सत्य’ जसरी मरिरहेको अवस्थालाई यो सेरिजले साइन्सफिक्सनको माध्यमबाट गज्जब तरिकाले पोट्रे गरेको छ। थ्री वडी प्रब्लम पहिलो सिजन हो। आठ वटा एपिसोड छन् जसमा काउन्टडाउन, रेडकोष्ट, डिस्ट्रोए अप वर्ड, आवर लर्ड, जजमेण्ट डे, दि स्टार्स आवर डेष्टिनेशन, वन्ली एडभान्स र वालफेसर टाइटलका एपिसोडहरू रहेका छन् ।  तिनका आफ्नै तर एकअर्कोसँग जोडिएको कथा, उप-कथा छन्।

मैले पछिल्लो पटक नेटफ्लिक्समा हेरेको लाकासा दे प्यापेल अर्थात् मनिहाइष्टपछिको अर्को एउटा अद्भुत कहानी भएको वेबसेरिज रूपमा थ्री वडी प्रब्लमलाई लिएको छु। मैले पनि यो सेरिजको बारेमा फेसबुकबाट नै थाहा पाएको हूँ। मलाई लाग्छ, यस सेरिजले मान्छेको चेतना, उसको व्यवहारको सामाजिक मनोवैज्ञानिक चरित्र, विकसित वैज्ञानिक अवधारणाका सैद्धान्तिक पक्ष र विज्ञानका जटिल अभ्यासका पक्षहरूलाई समेटी जो–कसैले सजिलै बुझ्ने किसिमले प्रस्तुत गरिएको छ। यो वेबसेरिजको कहानी चीनबाट शुरू भई संयुक्त राष्ट्रसंघले एलियन विरूद्ध उनीहरूको आक्रमणबाट बँच्न आह्वान गरेको वालफेस प्रोजेक्टको कहानीसम्म पुगेर पहिलो सिजन टुंगिन्छ। अब, प्रतीक्षा त दोस्रो सिजनकै छ।

हामीभन्दा करिब दुईसय वर्ष अगाडि रहेको एलियनसँग मान्छेले कसरी युद्ध गर्नेछरु वर्तमान सभ्यता जोगाउन मान्छेको चेतना सफल हुनेछ त रु जसरी प्रश्नको उत्तर आउन बाँकी छ त्यसैगरी विकसित देशका वैज्ञानिकहरू पनि भविष्यमा आउन सक्ने यो समस्याबाट बँच्न शायद जवाफ खोजिरहेका होलान्१ पृथ्वी गोलो छ भन्ने सत्य कुरा राख्दा कोपर्निकस जल्नुपर्योक।

मानौं, आजको वर्तमान समयमा सबै क्षेत्र ९राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, मेडिकल साइन्स, विज्ञान र वैज्ञानिक आदि० अझै पनि जसलाई आजको तरक्कीको वास्तविक सत्य थाहा छ, ती सबै प्रबुद्ध मान्छेलाई मारियो भने के हुन्छरु वर्तमान सामाजिक भीडतन्त्रले कतै त्यही त गरिरहेको छैनरु प्रश्न छ। उत्तर खोज्न जो-कसैको नेतृत्वमा अब भने ढिला हुनुहुँदैन भन्ने नै हो। यो सेरिजले यी र यस्तै प्रश्नको खोजी गरेको छ।

वास्तवमा हामी कसैलाई थाहा छैन। विज्ञानलाई पनि अझै थाहा छैन। समयभन्दा अगाडि के थियोरु ईश्वर थियो। ईश्वर छ। वा, समय भन्दा अगाडि ईश्वर थियो र आज पनि छ। आजको आधुनिक विज्ञानसँग पनि अझै जवाफ छैन। उसो भए बाँकी रह्यो केरु बाँकी के छरु आइन्स्टाइनले प्रस्तुत गरेका सबै विज्ञानका सिद्धान्त पनि सत्य छैनन्। यो सेरिजमा एक पात्रले आफ्ना धारणा राख्छन्। उनकै प्रायस् केही सिद्धान्तमा समेत काम गर्नुपर्नेछ।  धेरै कुरा सुल्झाउनुपर्नेछ।

विज्ञानको सिद्धान्त जति नै सुन्दर र आकर्षक देखिए तापनि त्यो प्रयोगात्मकतामा आउन सकेन भने त्यसको कुनै अर्थ हुँदैन। त्यसैले, भविष्यमा चाहे त्यो एलियन होस् वा राज्य हाँकिरहेका शासक दुवैले अक्सफोर्ड एक्सिलेरेटर प्रोजेक्टमा काम गरिरहेका ‘महान् माइन्ड’ भएका वैज्ञानिकहरूको खोजी गर्नेछ। यो ती वैज्ञानिकहरूको पनि कथा हो जहाँ पार्टिकल फिजिक्सको बारेमा एलियनको सामना गर्न दिन–रात मिहिनेत गरिरहेका छन्। ती सबै वैज्ञानिकहरूलाई पृथ्वीमा बनिरहेका एलियनहरूको भक्तहरू मार्न चाहन्छ।

कैयौं मान्छे त एलियन आउँदै छ भन्ने थाहा पाएर एलियन भक्त बनेका छन्। उनीहरूको भगवान्। त्यस्ता अनुयायीहरूलाई होइन ग्रेट माइन्ड भएका वैज्ञानिकहरूलाई सभ्यता जोगाउन कसरी प्रयत्न गर्नेछ भनेर एउटा गेमको विषयवस्तु समेत छ। जुन मास्क पहिरिएर गेम खेल्दा अर्कै दुनियाँमा प्रवेश गरिन्छ जुन वास्तविक झैं लाग्छ। त्यहाँ चारवटा लेभल हुन्छ। र, एकपछि अर्को भयङ्कर दुर्घटनाहरू आइपर्छन्। गेम खेल्न बसेका कैयौं वैज्ञानिकहरूले ती दुर्घटनाबाट ती सभ्यताका मान्छेहरूलाई बचाउन सक्दैन। कसैले भन्छ, सभ्यता नं। १३७ भयङ्कर चिसोको कारणले अन्त्य भयो जुन कसैले बचाउन सकेन। अब अर्को सभ्यता बचाउनको लागि विज्ञानको अभ्यास कसरी गर्छौंरु तर म यसमा खुशी छु किनकि विज्ञान रहस्यवाद जान्न चाहन्छ।

त्यसैगरी, सभ्यता नं  १५२ को अन्त्य तीन सूर्यवाला दिन ९त्चष्य क्यबिच म्बथ० को कारण जलेर नष्ट भएको थियो। यो सभ्यता पनि कसैले बँचाउन सकेन। तर यस सभ्यताका बारेमा स्टार सिस्टमको आधारभूत बनावटको बारेमा अनुमान गर्न सफल भएको छ आधुनिक विज्ञान। उनीहरूले जसरी स्टार सिस्टमको व्याख्या गरेका छन् वैज्ञानिकहरू यस खोजको करिब नजिक छन्।

तर अन्ततः भनिएको छ नि१ थोमोडाइनामिक्सको सेकेण्ड ल अनुसार प्रत्येक वस्तु आखिरमा बेकार छ। त्यसको कुनै अर्थ-उपादेयता छैन। वास्तवमा विज्ञान बेकार छ। मान्छेको चेतना नै १ उसो त के साँच्चै हकिकतमा एलियनहरू पृथ्वीमा अवतरण भए भने यो मानव सभ्यता जोगाउन सकिएला तरु कि आजको विज्ञानको चरम विकास पनि बेकार हुनेछरु विज्ञानको तरक्की वैज्ञानिकको मात्र होइन, अब सिङ्गो पृथ्वीको चुनौती बन्न सक्छ।





Source link

Leave a Comment