२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई अमेरिकी ग्रिनकार्ड, १५७० लाई नागरिकता



प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई अमेरिकी ग्रिनकार्ड, १५७० लाई नागरिकता

आर्थिक बर्ष २०२४ को पहिलो क्वार्टर अर्थात् गत अक्टोबरदेखि डिसेम्बरसम्म २३४० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्टअफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिकाबाहिरबाट आप्रवासी भिसा लिएर आउनेहरु १४६० जना रहेका छन् भने अमेरिकाभित्रै आई ४८५ फाइल गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ८८० जना रहेका छन् ।

यो अवधिमा १५७० जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यो अवधिमा १२ हजार ८ सय १० जना नेपालीहरु पनि गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेका थिए । गैरआप्रवासी भिसामा अमेरिका आउनेको संख्या भने आई ९४ को आधारमा गणना गरिएको हो ।

खसोखासले मासिक रुपमा नै गैर आप्रवासी र आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ट्रयाक गर्दै आएपनि पछिल्लो विवरणमा भने भिसा पाएर अमेरिकाभित्र प्रवेश गरेकाहरुको संख्या समेटिएको छ । बार्षिक रुपमा अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १० हजारभन्दा बढी रहेको छ ।जसमा डिभीमार्फत अमेरिका आउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई अमेरिकी ग्रिनकार्ड, १५७० लाई नागरिकता

नेपालीहरुले परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड पाउने संख्या अहिलेकै दरमा बृद्धि भएमा आगामी केहीबर्षमा नेपाल डिभी लोटरीका लागि अयोग्य हुने संकेत देखिएको छ । पछिल्ला केहीबर्षमा नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउदे दरमा उल्लेख्य बृद्धि भएको हो ।

अमेरिकी कानुन अनुशार परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउने दर उच्च भएका देशहरु डिभीका लागि अयोग्य हुने प्रावधान रहेको छ । जस अनुशार पछिल्ला ५ बर्षमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरुको संख्या ५० हजार पुगेमा त्यो देश डिभी लोटरीका लागि स्वत अयोग्य हुन्छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बार्षिक रुपमा यो गणना गर्नेगर्छ । यो संख्यामा विगतमा डिभी लोटरीमार्फत आएका वा एसाइलम गरेकाहरुको भने गणना गरिदैन । हाल डिभी लोटरीमार्फत अमेरिका आएका र एसाइलम गरेकाहरुबाहेक पनि रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या बार्षिक १० हजारको निकट पुग्न लागेको छ । कुनै पनि ५ बर्षको गणना गर्दा यो संख्या ५० हजार नाघेको खण्डमा त्यसपछिको बर्षका लागि नेपाल डिभी लोटरीका लागि अयोग्य हुनेछ ।

सन् २०१३ यताको तथ्यांक हेर्दा कुनै पनि ५ बर्षको अवधिमा ५० हजारको हाराहारी वा सोभन्दा बढी नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् । तर यो संख्यामा डिभी लोटरी र एसाइलमबाट ग्रिनकार्ड पाउनेहरुको संख्या पनि समावेश भएकाले नेपाली डिभी कार्यक्रमका लागि योग्य भइरहेको हो ।

२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई अमेरिकी ग्रिनकार्ड, १५७० लाई नागरिकता

अमेरिकी दूतावासले आप्रवासी भिसा अन्तरवार्ताको दर बृद्धि गदै भिसा जारी गर्ने संख्या बढाएमा वा युएससीआईएसले रोजगार र परिवारमा आधारित नेपालीहरुको ग्रिनकार्ड स्वीकृत गर्ने दर अलिकतिमात्र बढाएको खण्डमा पनि नेपालीहरु आगामी केही बर्षमा डिभीका लागि अयोग्य हुनेछन् । आई १३० वा आई १४० आवेदन स्वीकृत भएर परिवार र रोजगारमा आधारित ग्रिनकार्डका लागि पर्खिरहेका नेपालीहरुको संख्या पनि निकै ठूलो भइसकेको छ ।





Source link

Leave a Comment