प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

फोटो : एपी/ रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी विदेशी व्यक्तिहरूका लागि गोल्डेन भिसा पाउने नयाँ कार्यक्रम सुरु गरेका छन्।
१० लाख डलर तिरेर धनी विदेशी व्यक्तिहरूले अमेरिकाको “गोल्डेन भिसा” पाउने नयाँ कार्यक्रम ट्रम्पले सुरू गरेका हुन्। साथै उनले ५० लाख डलर तिरेर “प्लाटिनम” संस्करण ल्याउने तयारी गरिएको बताएका छन्।
“योग्य र राम्रोसँग जाँच–पारख भएका व्यक्तिहरूका लागि सीधा नागरिकता प्राप्त गर्ने मार्गको रूपमा यो कार्यक्रमलाई लिइएको छ। अमेरिकन कम्पनीहरूले अब आफ्नो अतुलनीय प्रतिभा कायम राख्न सक्नेछन्,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
सरकारी वेबसाइटले जनाएअनुसार, “ट्रम्प गोल्ड कार्ड” नयाँ कार्यक्रममार्फत आवेदनकर्ताले १५,००० डलर डीएचएस (अर्थात् डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) लाई प्रशोधन शुल्क तिरेपछि यो प्रक्रिया सुरु हुन्छ। त्यसपछि आवेदकको पृष्ठभूमि जाँच पारित हुनुपर्नेछ। यो प्रक्रिया सफल भएपछि आवेदकले १० लाख डलर बुझाएपछि तुरुन्तै अमेरिकी आवासीय अनुमति पाउने दाबी गरिएको छ।
गत सेप्टेम्बरको कार्यकारी आदेश अनुसार, व्यक्तिगत आवेदकले १० लाख डलर तिर्नुपर्छ। कर्मचारीलाई स्पोन्सर गर्ने व्यवसायीहरूले २० लाख डलर तिर्नुपर्नेछ।
कम्पनीहरूले प्रत्येक वर्ष एक प्रतिशत (१%) को हिसाबले २० हजार डलर मर्मत शुल्क तिर्नुपर्छ। भिसा एक कर्मचारीबाट अर्कोमा सार्दा प्रत्येक पटक ५ प्रतिशत (अर्थात् १ लाख डलर) तिर्नुपर्नेछ।
यो कार्यक्रम ट्रम्प प्रशासनले लाखौँ कागजातविहिन आप्रवासीलाई निष्कासन गर्न ठूलो स्रोत खर्च गरिरहेको बेला आएको हो।
सरकारी वेबसाइटका अनुसार “ट्रम्प प्लाटिनम कार्ड” पनि छिट्टै आउनेछ। यस कार्डले कार्ड धारकलाई गैर-अमेरिकी आयमा कर नलाग्ने गरी वर्षमा २७० दिनसम्म अमेरिकामा बस्न अनुमति दिनेछ। यसको मूल्य ५० लाख डलर हुनेछ।
ट्रम्पका अनुसार, यस कार्यक्रमबाट उठेको रकम “देशका लागि सकारात्मक काम गर्न सकिने खातामा” जम्मा गरिने छ। “धेरै अर्ब डलर” आम्दानी यसले बढाउने छ।
ट्रम्पले सेप्टेम्बरमा गोल्ड कार्डको आधिकारिक सुरुवात गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
फेब्रुअरीमा कार्यक्रम पहिलोपटक सार्वजनिक हुँदा भिसाको मूल्य ५० लाख डलर थियो।
हालको कम मूल्यले अन्य देशका समान “पैसा तिरेर छिट्टै भिसा” पाउने योजनाहरूको तुलनामा प्रतिस्पर्धात्मक फाइदा दिने विश्लेषण गरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्