भारतीय सीमा जोडिएको नरैनापुरमा झाडापखालाबाट ४ जनाको ज्यान गयो , ७ जना बिरामी



प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार

बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिनुभयो ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको बताउनु भयो ।

झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

२४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडापखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर कमजोर हुन्छ।

झाडापखाला मुख्य गरेर आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुबाट लाग्ने रोग हो। यो रोग सबै उमेर समूहका मानिसलाई लाग्दछ तर बढी मात्रामा कुपोषित, फोहोर खाना र पानी खाने तथा फोहोर वातावरणमा रहने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसहरुलाई बढी मात्रामा लाग्छ। झाडा पखाला लागेर जलवियोजन भइ मृत्यु नै हुने जोखिम समेत रहन्छ ।

झाडा पखाला विशेष गरी दिशा मुखबाट गएर लाग्ने रोग हो। दुषित पानी पिएमा, सडे गलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जिवाणुहरु पानी, खाना र हातको माध्यमबाट शरीर भित्र प्रवेश गर्दछ र झाडा पाखाला लाग्छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School