इरान युद्धको विरोध गर्दै अमेरिकी राष्ट्रिय आतङ्कवाद प्रतिरोध केन्द्रका प्रमुखको राजीनामा



प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

इरान युद्धको विरोध गर्दै अमेरिकी राष्ट्रिय आतङ्कवाद प्रतिरोध केन्द्रका प्रमुखको राजीनामा

अमेरिकाको राष्ट्रिय आतंकवाद प्रतिरोध केन्द्रका प्रमुख जोसेफ केन्टले इरानसँग भइरहेको युद्धको विरोध गर्दै मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट इरान युद्धका कारण राजीनामा दिने पहिलो तथा सबैभन्दा उच्च पदका अधिकारी बनेका छन्।

राजीनामा पत्रमा केन्टले इरानले अमेरिकालाई कुनै तत्काल खतरा नदिएको दाबी गरेका छन्। आफ्नो विवेकअनुसार इरानमा जारी युद्धलाई समर्थन गर्न नसक्ने भएकाले पद छोड्ने निर्णय गरेको उनले उल्लेख गरेका छन् । केन्टले यो युद्ध इजरायल र त्यसको शक्तिशाली लबिको दबाबका कारण सुरु भएको पनि आरोप लगाएका छन्।

केही सुरक्षा तथा कानुनी विशेषज्ञहरूले वर्तमान कानुनअनुसार अमेरिकाले युद्ध सुरु गर्न “तत्काल खतरा” प्रमाणित हुन आवश्यक हुने बताएका छन्। यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन भने राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले पनि टिप्पणी गरेको छैन।

केन्ट राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डका निकट सहयोगी मानिन्छन्। इरानसँगको युद्ध सुरु भएदेखि गब्बार्ड सार्वजनिक रूपमा निकै कम देखिएकी छन्। उनले हालसम्म कुनै औपचारिक वक्तव्य जारी गरेकी छैनन्।

गब्बार्ड हालै मात्र इरानसँगको द्वन्द्वका क्रममा मारिएका अमेरिकी सैनिकहरूको सम्मानजनक शव हस्तान्तरण कार्यक्रममा सार्वजनिक रूपमा देखिएकी थिइन्।

यो घटनाले अमेरिकी प्रशासनभित्र इरान युद्धलाई लिएर मतभेद रहेको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।





Source link

Leave a Comment