सिकागोमा आइसको सक्रियता बढेसँगै आप्रवासीहरू सङ्कटमा,चनाखो बन्दै स्थानीय नेटवर्क



प्रकाशित मिति : २५ असार २०८३, बिहिबार

तस्वीर : आइस

अपरेशन मिडवे ब्लिट्  समाप्त भएयता सिकागो र यसको वरपरका क्षेत्रहरूमा अध्यागमन एजेन्टहरूको उपस्थिति र गिरफ्तारीका घटनाहरूमा उल्लेख्य वृद्धि भएको कानुनी अधिवक्ता तथा अभियानकर्ताहरूले बताएका छन्।

स्थानीय संस्था ‘द रिसरेक्सन प्रोजेक्ट’को तथ्याङ्कअनुसार, मे महिनामा अध्यागमनसम्बन्धी कानुनी सहायताका लागि १०० वटा अनुरोध आएकोमा जुन महिनामा यो संख्या बढेर १७० पुगेको छ। त्यस्तै, मे महिनामा ४५ वटा गिरफ्तारी पुष्टि भएको थियो, जुन अप्रिलको तुलनामा झण्डै दोब्बर हो। जुन महिनामा पनि यो क्रम निरन्तर बढिरहेको ‘अर्गनाइज्ड कम्युनिटीज एगेन्स्ट डिपोर्टेसन’ की संगठक एभलिन बार्गासले जानकारी दिइन्।

बार्गासका अनुसार एजेन्टहरूले सडक र घरेलु हिंसासम्बन्धी अदालतबाटै मानिसहरूलाई पक्राउ गरिरहेका छन्। इलिनोइ राज्यको कानुन र अदालतको आदेशले अदालत परिसरभित्र यस्ता गिरफ्तारीहरूमा प्रतिबन्ध लगाएको भए तापनि आइस  एजेन्टहरूले त्यसको उल्लंघन गरिरहेको कानुनी निकायहरूले जनाएका छन्।

अभियन्ताहरूका अनुसार अहिले भइरहेका गिरफ्तारीहरू लक्षित स्वरूपका छन्। यसअघि ‘मिडवे ब्लिट्ज’ को समयमा दिनभरी काम गर्ने मजदुर, बजारका व्यापारी र सर्वसाधारणलाई जथाभाभी समात्ने गरिएको थियो। तर, हालका गिरफ्तारीहरूमा धेरैजसोको कुनै आपराधिक रेकर्ड नभएको र कतिपय अमेरिकी नागरिकका आमाबुबा समेत रहेको पाइएको छ। कतिपय अवस्थामा नियमित अध्यागमन ‘चेक-इन’ मा जाँदा सिङ्गो परिवार नै पक्राउ परेका उदाहरणहरू पनि छन्।

न्यायिक वारेन्ट विना नै धेरैजसो गिरफ्तारी भइरहेको र पक्राउ परेका व्यक्तिहरूलाई कानुनी अधिकार प्रयोग गर्न नदिई तुरुन्तै देश निकाला  गर्ने कागजातमा हस्ताक्षर गर्न दबाब दिइने गरेको नेशनल इमिग्रेन्ट जस्टिस सेन्टरका मार्क फ्लेमिङले बताए।

सिकागोमा बढ्दो धरपकडका बीच स्थानीय संस्थाहरूले आप्रवासी समुदायलाई सुरक्षाका लागि एकजुट हुन र सावधानीहरू अपनाउन आग्रह गरेका छन्,यदि कतै आइसको गतिविधि वा गिरफ्तारी देखिएमा इलिनोइ कोलिसन फर इमिग्रन्ट एण्ड रिफ्युजी राइट्सको पारिवारिक सहयोग नेटवर्क हटलाइन नम्बर १-८५५-४३५-७६९३ मा तुरुन्त जानकारी गराउनुहोस्।

आफ्नो अध्यागमन अवस्थाबारे पहिले नै वकिल वा मान्यता प्राप्त प्रतिनिधिसँग परामर्श लिनुहोस्। अध्यागमन चेक-इन वा अदालत जाँदा एक्लै नगई वकिल वा सहयोगीलाई साथमा लैजानुहोस्। आफ्नो ‘ए-नम्बर परिवारका भरपर्दो सदस्यलाई दिएर राख्नुहोस् ताकि पक्राउ परेको खण्डमा खोजी गर्न सजिलो होस्।

आफ्नो अधिकार बुझ्नका लागि स्थानीय संस्थाहरूले आयोजना गर्ने नो योर राइट्स  र मिग्रा वाच जस्ता वर्कशपहरूमा भाग लिनुहोस्।अदालत जानुपर्ने अवस्थामा, आफ्ना वकिलसँग सल्लाह गरी अनलाइन वा भर्चुअल माध्यमबाट सुनुवाइमा सहभागी हुन अनुरोध गर्न सकिन्छ, जसले गर्दा अदालत परिसरमा हुने गिरफ्तारीबाट बच्न मद्दत पुग्छ।

स्थानीय अभियानकर्ताहरूले छिमेकीहरू एकआपसमा जोडिन र कुनै पनि संकटको समयमा ‘र्‍यापिड रेस्पोन्स’ नेटवर्कमार्फत एकअर्कालाई सहयोग गर्न अपिल गरेका छन्।





Source link

Leave a Comment

Translate »