अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने महिला पक्राउ



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुककुमारी श्रेष्ठलाई काठमाडौँबाटै पक्राउ गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापा क्षेत्रीका अनुसार श्रेष्ठले आकर्षक रोजगारीको प्रलोभन देखाएर अमेरिका पठाइदिने भन्दै पीडितबाट ३५ लाख रुपैयाँ असुल गरी सम्पर्कविहीन भएकी थिइन्। रकम लिएर श्रेष्ठ सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १ हजार ३३ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा पीडित महिलाको सङ्ख्या ८ सय २० र बालिकाको सङ्ख्या ४ सय ५५ पुगेको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै १ सय १७ महिला र ६८ बालिकासहित कुल २ सय ४७ जना व्यक्ति मानव बेचबिखन तथा ओसारपसारबाट पीडित बनेका छन्। चालु आर्थिक वर्ष को वैशाख मसान्तसम्म यस अपराधमा संलग्न ४९ जना पक्राउ परिसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्कमा उल्लेख छ।

वैदेशिक रोजगार विभाग र प्रहरी प्रशासनले विदेश जान चाहने व्यक्तिहरूलाई आधिकारिक रूपमा दर्ता भएका म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै आएका छन्।

अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने महिला पक्राउ

कुनै पनि व्यक्ति वा संस्थालाई रकम बुझाउनुअघि आवश्यक कागजात, अनुमतिपत्र तथा वैधानिक प्रक्रियाबारे जानकारी लिन पनि सम्बन्धित निकायले अनुरोध गरेको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगी नियन्त्रणका लागि निगरानी तीव्र पारिएको जनाएको छ।





Source link

Leave a Comment