यूएईले खसाल्यो इरानबाट प्रहार गरिएका ४ ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा ड्रोन



प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

यूएईले खसाल्यो इरानबाट प्रहार गरिएका ४ ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा ड्रोन

संयुक्त अरब इमिरेट्स (यूएई) को वायु रक्षा प्रणालीले आइतबार (१५ मार्च २०२६) इरानबाट प्रक्षेपण गरिएका ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा ड्रोनलाई अवरोध गरी नष्ट गरेको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट भइरहेको आक्रमण सुरु भएयता यूएईको वायु रक्षाले हालसम्म २९८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, १५ वटा क्रुज क्षेप्यास्त्र र १,६०६ वटा ड्रोनलाई निष्क्रिय पारिसकेको हो ।

यी आक्रमणका कारण यूएई, पाकिस्तान, नेपाल र बंगलादेशका नागरिकसहित ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। साथै, विभिन्न देशका नागरिकहरू घाइते भएका छन्।

मन्त्रालयका अनुसार घाइते हुनेहरूमा एमिराती, इजिप्टियन, सुडानी, इथियोपियाली, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, येमेनी, युगान्डाली, एरिट्रियन, लेबनानी, अफगानी, बहराइनी, कोमोरोस, टर्की, इराकी, नेपाली, नाइजेरियन, ओमानी, जोर्डानियन, प्यालेस्टिनी, घानियन, इन्डोनेसियाली र स्विडिस नागरिकहरू समेत रहेका छन्। घाइतेमध्ये १४२ जनालाई सामान्यदेखि मध्यम खालका चोट लागेको बताइएको छ।

यूएईको रक्षा मन्त्रालयले देशको सुरक्षा कमजोर पार्ने कुनै पनि प्रयासको कडा रूपमा सामना गरिने जनाएको छ। मन्त्रालयले यूएईको सार्वभौमिकता, स्थायित्व र राष्ट्रिय हितको सुरक्षा गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ। – गल्फ न्यूजको सहयोगमा





Source link

Leave a Comment