मध्यपूर्व तनाव : मिनाबको विद्यालयमा बज्रपात



२१ फागुन, काठमाडौं । युद्धका पनि आफ्ना नियम हुन्छन्, तर सन् २०२६ को यो फेब्रुअरी-मार्चमा मध्यपूर्वमा देखिएको महायुद्धले मानवताका सबै नियम र सीमा नाघेको छ ।

जब दुई देशका सेना एकअर्कामाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार गर्छन्, त्यसको सबैभन्दा ठुलो मूल्य ती निर्दोष बालबालिकाले चुकाइरहेका छन् । जसलाई न यो युद्धको कारण थाहा छ, न त यसभित्रको राजनीति ।

अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूका अनुसार, पछिल्लो पाँच दिनको भीषण युद्धमा मात्रै मध्यपूर्वमा झन्डै २०० बालबालिकाले ज्यान गुमाइसकेका छन् । यो सङ्ख्या ६ वटा विद्यालयका कक्षाकोठाका विद्यार्थी बराबर हो ।

मार्चको यो साता इतिहासकै सबैभन्दा काला सातामध्ये एक सावित भएको छ । इरानको दक्षिणी सहर मिनाबदेखि इजरायलको बेत शेमेशसम्म बालबालिकाको रगतले सडक भिजेको छ । विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन् ।

निशानामा बालबालिका

२८ फेब्रुअरी २०२६ को शनिबार बिहान दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित मिनाब सहरको ‘शाजरेह तय्येबेह’ प्राथमिक छात्रा विद्यालयमा विद्यार्थीहरू सधैँझैँ अध्ययन गरिरहेका थिए । अचानक इजरायली र अमेरिकी सेनाको संयुक्त हवाइ हमलाका क्रममा एउटा शक्तिशाली क्षेप्यास्त्र विद्यालयमाथि बजारियो ।

इरानी मानव अधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएनए) का युद्धको पहिलो ५ दिनमा अनुसार एक हजा ९७ आमनागरिक मृत्यु भयो ।  यी नागरिकमध्ये १८१ बच्चा १० वर्ष मुनिका थिए ।

इरानी स्वास्थ्य मन्त्रालय तथा अल जजिरा र गार्जियनजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यस एउटै आक्रमणमा १६५ जनाको मृत्यु भयो । यसमा अधिकांश ७ देखि १२ वर्षका बालबालिकाहरू थिए ।

इरानको मिनाबमा इजरायली हमलाबाट ध्वस्त विद्यालय भवन । तस्वीर : एएफपी

सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा एक बुबाले आफ्नी ६ वर्षीया मृत छोरीको शरीरलाई काखमा च्यापेर रोइरहेको हृदयविदारक दृश्य देखियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे– यी निर्दोष बालिकाहरूको हत्या अमेरिका-इजरायलको जघन्य अपराध हो ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भने, ‘हामीले जानाजानी विद्यालयलाई निशाना बनाएका छैनौँ । यो घटनाको छानबिन भइरहेको छ ।’

इजरायलले पनि क्षेत्रमा कुनै आइडीएफ अपरेसन थाहा नभएको दाबी गरेको छ । तर स्याटेलाइट इमेजरीले विद्यालय आइआरजीसी नौसेना बेस नजिकै रहेको देखाएको छ ।

मार्च ३ मा मिनाबमा हजारौँ मानिसहरूले सामूहिक अन्त्येष्टिमा भाग लिए । चिहान खन्ने ड्रोन फुटेजले पनि यो त्रासदीको गहिराइ देखाएको छ ।

इजरायल र अमेरिकाले यो आक्रमण अनभिप्रेत भएको वा विद्यालयको छेउमा रहेको रिभोलुसनरी गार्ड (आइआरजीसी) को बेसलाई निशाना बनाउँदा सरेको दाबी गरे पनि संयुक्त राष्ट्र संघका विज्ञहरूले यसलाई ‘गम्भीर युद्ध अपराध’ को सङ्केत भनेका छन् ।

इजरायल : घरभित्रै खोसिएको मुस्कान

उता इरानले इजरायलमाथि प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रका कारण इजरायली बालबालिकाहरू पनि सुरक्षित छैनन् ।

१ मार्च २०२६ मा इरानी क्षेप्यास्त्र इजरायलको बेत शेमेशमा खस्दा एकै परिवारका तीनजना दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।  १६ वर्षीय याकोभ, १५ वर्षीया अविगाइल र १३ वर्षीया सारा बिटनको अन्त्येष्टिमा हजारौँ इजरायलीहरूले आँसु बगाए ।

इजरायलमा हालसम्म ३४५ भन्दा बढी बालबालिकाहरू घाइते भएर अस्पताल भर्ना भएका छन्, जसमध्ये धेरैलाई ‘एन्जाइटी’  र मानसिक ट्रमाका कारण उपचारको आवश्यकता छ ।

यो पहिलो पटक होइन कि यी दुई शक्तिबीचको द्वन्द्वमा बालबालिका परेका हुन् । तर, अहिलेको प्रत्यक्ष युद्धले विगतका सबै रेकर्ड तोड्ने सङ्केत गरेको छ ।

इरान-इराक युद्धमा बालबालिकालाई ‘मानव ढाल’ बनाइँदा

इरानको इतिहासमा बालबालिकाको मृत्युको सबैभन्दा ठुलो घाउ सन् १९८० देखि १९८८ सम्म चलेको  इरान–इराक युद्ध हो ।

इरानी सरकारी मिडिया र अमेरिकी गुप्तचर संस्था सीआईएको रिपोर्ट अनुसार, सो युद्धमा करिब ३६ हजारदेखि ४५ हजार विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।

मध्यपूर्व तनाव : मिनाबको विद्यालयमा बज्रपात

तत्कालीन सर्वोच्च नेता अयातोल्लाह खोमेनीले बालबालिकाहरूलाई अभिभावकको अनुमति बिना नै युद्धमा जान पाउने आदेश दिएका थिए ।

ती बालबालिकाहरूलाई ‘स्वयंसेवक’ बनाएर युद्धको अग्रपङ्क्तिमा खटाइएको थियो, जहाँ धेरैले विस्फोटक खानी सफा गर्न आफ्नै शरीरको बलिदान दिएका थिए ।

जुन २०२५ को १२ दिने युद्ध

१२ दिने युद्ध इरान र इजरायलबीचको एउटा सशस्त्र संघर्ष थियो जुन १३ देखि २४ जुन २०२५ सम्म चलेको थियो ।

यो युद्ध इजरायलले इरानका सैन्य र आणविक केन्द्रहरूमा आक्रमण गरेपछि सुरु भएको थियो । यसमा प्रमुख सैन्य नेता, आणविक वैज्ञानिक र राजनीतिज्ञको हत्या हुनुका साथै सर्वसाधारणको मृत्यु र वायु रक्षा प्रणालीमा क्षति पुगेको थियो ।

इरानले ५५० भन्दा बढी ब्यालिस्टिक मिसाइल र एक हजारभन्दा बढी सुसाइड ड्रोनहरू प्रहार गरेर यसको बदला लियो, जसले नागरिक बस्ती, एउटा अस्पताल र कम्तीमा १२ वटा सैन्य, ऊर्जा तथा सरकारी केन्द्रहरूमा प्रहार गर्‍यो ।

यद्यपि यस युद्धमा पनि निर्दोष बालबालिकाहरूले ज्यान गुमाउन पुगे । इरानमा १० भन्दा बढी बालबालिका प्रत्यक्ष हमलामा मारिएका थिए ।

इजरायलमा इरानी रकेटका कारण ३४५ भन्दा बढी बालबालिकाहरू अस्पताल भर्ना हुनुपरेको थियो ।

गाजा र लेबनान : प्रोक्सी युद्धको मूल्य

७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि सुरु भएको इजरायल-हमास युद्धले गाजा पट्टीमा बालबालिकालाई सबैभन्दा ठुलो सिकार बनाएको छ । संयुक्त राष्ट्रसंघको बालकोषको हालैको रिपोर्ट अनुसार अक्टोबर २०२३ देखि मार्च २०२६ सम्म गाजामा ५० हजार भन्दा बढी बालबालिका मारिएका वा घाइते भएका छन् ।

सेभ द चिल्ड्रेनको ४ मार्च २०२६ को रिपोर्टअनुसार यो युद्ध केवल इरान र इजरायलमा सीमित छैन ।  यसले मध्यपूर्वका १५ देशका १० करोडभन्दा बढी बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको छ ।

यो संख्या युद्धको क्रूरताको जीवन्त प्रमाण हो, जहाँ एक बालक वा बालिकाको जीवन हरेक घण्टामा जोखिममा परिरहेको छ ।

लेबनानमा इजरायली आक्रमणले पनि बालबालिकालाई प्रभावित गरेको छ ।

गत केही दिन (मार्च २०२६ को सुरुवातमा) इजरायली हमलामा कम्तीमा ८ बालबालिका मारिएका र दर्जनौं घाइते भएका छन् । यूनिसेफको अनुसार कि पछिल्लो २४ घण्टामा मात्रै ७ बालबालिका मारिएका र ३८ घाइते भएका छन् ।

यस अवधिमा ६० हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । जसमध्ये १८ हजार बालबालिका छन् । हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा ठुलो विनाश निम्त्याएको छ, जसले नागरिक क्षेत्रलाई पनि निशाना बनाएको छ ।

१० करोड बालबालिका जोखिममा

सेभ द चिल्ड्रेनको ४ मार्च २०२६ को रिपोर्टअनुसार यो युद्ध केवल इरान र इजरायलमा सीमित छैन ।  यसले मध्यपूर्वका १५ देशका १० करोडभन्दा बढी बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको छ ।

लेबनानका विद्यालयबन्द छन् र बालबालिका विस्थापित भएर सार्वजनिक भवनहरूमा आश्रय लिइरहेका छन् । कुवेत र बहराइनमा अमेरिकी आधार शिविरहरू रहेका कारण इरानी क्षेप्यास्त्र खस्ने डरले बालबालिकाहरू घरबाहिर निस्कन डराइरहेका छन् ।

धेरै बालबालिकाहरूले आकाशमा क्षेप्यास्त्रहरू उडेको र ठूला धमाकाहरू सुनेका कारण राती निदाउन नसक्ने, डराउने र सपनामा झस्किने समस्या देखिएको छ।

मध्यपूर्व तनाव : मिनाबको विद्यालयमा बज्रपात

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया र कानुनी सवाल

संयुक्त राष्ट्र संघको बाल अधिकार समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘बालबालिकाहरू युद्धको कोल्याटरल ड्यामेज हुन् भनेर स्वीकार गर्न सकिँदैन् । विद्यालय र अस्पतालहरू अन्तर्राष्ट्रिय कानुन अनुसार सुरक्षित हुनुपर्छ ।’

युनेस्कोले यस युद्धलाइ  ‘शिक्षा संस्थामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन’ को संज्ञा दिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले मिनाब विद्यालयको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै यसलाई ‘इरानी जनता विरुद्धको जघन्य अपराध’ भनेका छन्।

इजरायलले पनि  इरानलाई आफ्ना नागरिकलाई ‘मानव ढाल’ बनाएको र सैन्य इलाका नजिक विद्यालय सञ्चालन गरेको आरोप लगाएको छ ।





Source link

Leave a Comment