अमेरिकामा ठूला लगानीकर्तालाई एकल-परिवारमा आधारित घर किन्न रोक लगाउने तयारीमा ट्रम्प



प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

एकल-परिवारमा आधारित घर । तस्वीर : अनस्प्लासबाट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरूको लागि घर किफायती बनाउने उद्देश्यका साथ ठूला कर्पोरेट लगानीकर्तालाई एकल-परिवारमा आधारित घर किन्न रोक लगाउने योजना अघि बढाउने बताएका छन्।

सामाजिक संजालमा पोस्ट गर्दै ट्रम्पले भने, “अमेरिकामा घर स्वामित्वको सपना दिनानुदिन धेरैका लागि, विशेष गरी युवापुस्ताका लागि पहुँचबाहिर हुँदै गएको छ। मानिसहरू घरमा बस्छन्, कर्पोरेसनमा होइन।”

उनले यस योजना कानूनी रूप दिने प्रस्ताव कांग्रेसमा राख्ने र यसबारे डाभोस विश्व आर्थिक फोरममा थप छलफल गर्ने पनि जनाएका छन्।

ट्रम्पको तयारीपछि ब्ल्याकस्टोन जस्ता ठूला निजी इक्विटी फर्मका शेयर बुधबार ५ प्रतिशतभन्दा बढीले घटेका छन्। ओहायोका रिपब्लिकन सेनेटर बर्नी मोरेनोले ट्रम्पको प्रस्तावलाई कानूनी रूप दिने विधेयक प्रस्तुत गर्ने बताए।

यस कदमले वर्षौंदेखि घर बजारमा वॉल स्ट्रिटको बढ्दो भूमिका र भाडा तथा घर मूल्यमा परेको असरलाई सम्बोधन गर्ने प्रयास गरेको विश्लेषकहरूले बताएका छन्। तर, केही विश्लेषकहरूले यस्तो रोकले घरको मूल्यमा कति प्रभाव पार्ला ? प्रश्न उठाएका छन् ।

निजी इक्विटी स्टेकहोल्डर प्रोजेक्टकी प्रवक्ता सम गारिनले ट्रम्पको कदमको स्वागत गर्दै भने, “हामी उत्सुकतापूर्वक हेर्दैछौं कि यस नीतिले वास्तविक रूपमा के समावेश गर्नेछ। तर, हामी नीति निर्माणकर्तालाई त्यहीँ रोक्न नहुन आग्रह गर्छौं।”





Source link

Leave a Comment

Translate »