१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् ।
भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।
दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।