सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ


प्रतीकात्मक तस्वीर


१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।





Source link

Translate »