ग्रिन कार्ड वा नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड किन अपडेट गर्नुपर्छ ?



प्रकाशित मिति : २४ असार २०८३, बुधबार


तपाईंले ग्रिन कार्ड वा अमेरिकी नागरिकता लिनुअघि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईंले ग्रिन कार्ड वा अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर, तपाईंले नयाँ सोसल सेक्युरिटी नम्बर लिनुपर्दैन । तपाईंको पुरानै नम्बरमा रेकर्ड अपडेट गर्न आवश्यक छ ।

ग्रिन कार्ड वा नागरिकता लिइसकेपछि तपाईं कम्तीमा १० दिनपछि सोसल सेक्युरिटी अफिसमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्छ । नागरिकता लिइसकेपछि शपथग्रहण समारोह भएको कम्तीमा १० दिन प्रतीक्षा गर्न यूएससीआईएसले सुझाव दिएको छ । ग्रिन कार्ड प्राप्त गरिसकेपछि ओरिजिनल ग्रिन कार्डसहित सोसल सेक्युरिटी अफिसमा जानुपर्छ । नागरिकता लिइसकेपछि नागरिकताको प्रमाणपत्र वा पासपोर्ट लिएर जानुपर्छ ।

जागिरका लागि, सोसल सेक्युरिटी सुविधा लिन र अन्य सरकारी सुविधा प्राप्त गर्न तपाईंको सोसल सेक्युरिटी रेकर्ड ठीकठाक हुन आवश्यक छ । तपाईंलाई काममा लगाइसकेपछि रोजगारदाताले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा आधारित प्रणालीमा तपाईंको सोसल सेक्युरिटी हालेर तपाईं काम गर्न योग्य भए÷नभएको निर्धारण गर्न सक्छन् ।

यदि तपाईंको सोसल सेक्युरिटी रेकर्ड अपडेट नभएको खण्डमा रोजगारदाताले प्राप्त गर्ने कामको योग्यतासम्बन्धी विवरणमा फरक पर्न सक्छ । किनभने, अमेरिकामा कतिपय कामका लागि ग्रिन कार्ड हुन अनिवार्य हुन्छ । कतिपय कामका लागि अमेरिकी नागरिकतासमेत हुन अनिवार्य हुन्छ ।





Source link

Leave a Comment

Translate »