विश्वकप फुटबल: रोनाल्डो चम्किएपछि पोर्चुगलको जित, इङ्गल्यान्ड अङ्क बाँड्न बाध्य



प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

फोटो: सिन्ह्वा/रासस

फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा पोर्चुगल विजयी भएको छ भने इङ्गल्यान्ड बराबरीमा रोकिएको छ।

समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै जित दर्ता गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने। उनले दुई गोल गरे। खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई रोनाल्डोले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए।

यो जितसँगै पोर्चुगल समूह ‘के’ को अङ्क तालिकामा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। यता समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अङ्क तालिकाको अन्तिम स्थानमा छ।

उता अर्को खेलमा इङ्गल्यान्ड र घानाबीचको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएको छ। समूह ‘एल’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्।

यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तरले र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।





Source link

Leave a Comment

Translate »