फ्लोरिडा नजिकै २५ जना चिनियाँ नागरिक सवार डुङ्गा अमेरिकी तटरक्षकद्वारा नियन्त्रणमा



प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

Photo: Jay Alexander /Unsplash

फ्लोरिडाको की बिस्केन भन्दा एक माइल दक्षिणमा गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्दै गरेको एउथा डुङ्गालाई अमेरिकी तटरक्षक दलले नियन्त्रणमा लिएको छ। उक्त डुङ्गामा २५ जना विदेशी नागरिक सवार थिए, जसले आफूहरू चिनियाँ नागरिक भएको दाबी गरेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीका अनुसार यो घटना जुन १० मा भएको हो।

तटरक्षक स्टेशन मियामी बीचको टोलीले शङ्कास्पद डुङ्गालाई रोक्न आदेश दिएको थियो। तर, डुङ्गाले आदेश पालन नगरेपछि सुरक्षाकर्मीहरूले सुरुमा चेतावनी स्वरूप हवाई फायर गरेका थिए। त्यसबाट पनि डुङ्गा नरोकिएपछि सुरक्षाकर्मीले डुङ्गाको इन्जिन वा मेसिनरीलाई लक्षित गरी ‘डिसाब्लिङ फायर’ गरेर डुङ्गालाई सफलतापूर्वक रोकेका थिए। यस कारबाहीमा कोही पनि घाइते नभएको जनाइएको छ।

डुङ्गालाई नियन्त्रणमा लिएपछि अमेरिकी भन्सार तथा सीमा सुरक्षाको हवाई तथा समुद्री अपरेशन टोली र आइस अन्तर्गतको आन्तरिक सुरक्षा अनुसन्धानका विशेष एजेन्टहरू अनुसन्धानका लागि घटनास्थल पुगेका थिए। एजेन्टहरूले यस घटनालाई लिएर आपराधिक अनुसन्धान सुरु गरिसकेका छन्।

पक्राउ परेका सबै २५ जना चिनियाँ नागरिकहरूलाई थप प्रक्रियाका लागि तटरक्षक जहाज ‘मार्गरेट नर्भेल’ मा राखिएको छ भने उक्त डुङ्गालाई जफत गरी मियामी बीच स्टेशनमा लगिएको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीकी कार्यवाहक सहायक सचिव लरेन बिसले यस घटनाबारे बोल्दै भन्नुभयो, “यो कारबाहीले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्नेहरूलाई स्पष्ट सन्देश दिन्छ: यस्तो सोच्दा पनि नसोच्नुहोस्। जमिन होस् या समुद्र, हाम्रा सीमाहरू बन्द छन्।

त्यस्तै, कोस्ट गार्ड स्टेशन मियामी बीचका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट म्याथ्यू रसले समुद्री मार्गबाट गरिने यस्ता यात्रा अत्यन्तै जोखिमपूर्ण हुने बताउँदै, “जसले यस्तो खतरनाक यात्राको जोखिम मोल्दै हुनुहुन्छ, उहाँहरूले के बुझ्न जरुरी छ भने तपाईंहरूले समुद्रमा आफ्नो ज्यान जोखिममा पारिरहनु भएको छ। सुरक्षा निकायले तपाईंहरूलाई नियन्त्रणमा लिएर आफ्नै देश फिर्ता पठाइदिनेछ।

अमेरिकी कोस्ट गार्डले आफ्ना सहयोगी निकायहरूसँग मिलेर ‘अपरेशन भिजिलेन्ट सेन्ट्री अन्तर्गत फ्लोरिडा स्ट्रेट्स र क्यारिबियन क्षेत्रमा हवाई तथा समुद्री गस्ती तीव्र पारेको जनाएको छ।





Source link

Leave a Comment

Translate »