मध्यपूर्वमा तनाव: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार,अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी वृद्धि



प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार

photo : Marjan Blan / Unsplash

इरान र इजरायलबीच गत अप्रिलमा अमेरिकाको मध्यस्थतामा भएको कमजोर युद्धविराम पछि इरानले पहिलो पटक इसराइलमाथि मिसाइल प्रहार गरेसँगै सोमबार बिहान एसियाली बजारमा कच्चा तेलको मूल्य बढेको छ।

विश्वव्यापी मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य २.६ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.५० अमेरिकी डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९२.७५ डलर पुगेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यो आक्रमण “पूर्ण एक हप्ता” सम्म चल्ने हवाई हमलाको सुरुवात मात्र भएको चेतावनी दिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई “जवाफी कारबाही नगर्न” आग्रह गर्ने बताएका छन्। यद्यपि, इजरायली सेनाले भने आदेश पाउने बित्तिकै शत्रुमाथि प्रहार गर्न आफूहरू तयार रहेको जनाएको छ। ट्रम्पले भने म अहिल्यै इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर जवाफी कारबाही नगर्न भन्नेछु। उनले अगाडि थपे, हामी इरानसँगको अन्तिम सम्झौताको धेरै नजिक छौँ। यो एक राम्रो सम्झौता हुनेछ। अहिले भइरहेका घटनाका कारण म यो सम्झौता भाँडियोस् भन्ने चाहन्नँ।

गत अप्रिल १७ देखि लागू भएको युद्धविराम सम्झौतालाई इजरायल र इरान दुवैले बारम्बार उल्लंघन गर्दै आएका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि नै तेलको मूल्यमा भारी वृद्धि भएको थियो र त्यसपछिको युद्धविरामका क्रममा पनि मूल्यमा ठुलो उतारचढाव आइरहेको छ।

यस द्वन्द्वले विश्वव्यापी ऊर्जा प्रवाहमा पार्ने दीर्घकालीन असरलाई व्यापारीहरूले सूक्ष्म रूपमा नियालिरहेका कारण विगत एक हप्तादेखि तेलको मूल्य ९५ डलर आसपासमै सिमित छ। अमेरिका-इजरायल आक्रमणको बदलास्वरूप इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न खोज्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि खाडी क्षेत्रबाट हुने तेल र ग्यास ढुवानी प्रभावित भएको छ।





Source link

Leave a Comment

Translate »