९ महिनापछि तालिबानको हिरासतबाट अमेरिकी नागरिक अमिरी मुक्त



प्रकाशित मिति : आश्विन ११, २०८२ आईतबार

९ महिनापछि तालिबानको हिरासतबाट अमेरिकी नागरिक अमिरी मुक्त

तालिवानले करिब नौ महिनादेखि बन्दी बनाएका एक अमेरिकी नागरिक अमिर अमिरीलाई मुक्त गरेको छ। कतारको मध्यस्थतामा ४० वर्षीय अमिरीलाई रिहा गरिएको अधिकारीहरूले बताएका छन्।

यस वर्ष अफगानिस्तानमा तालिबानको हिरासतबाट मुक्त हुने उनी पाँचौं अमेरिकी नागरिक हुन् र रिहा भएपछि उनी अमेरिका फर्किएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमिरीको रिहाइका लागि कतारको ‘अथक कूटनीतिक प्रयास’ को प्रशंसा गर्दै यसले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले तालिबानले अमिरीलाई ‘अन्यायपूर्वक बन्दी’ बनाएको दाबी पनि गरेका छन्।

९ महिनापछि तालिबानको हिरासतबाट अमेरिकी नागरिक अमिरी मुक्त

९ महिनापछि तालिबानको हिरासतबाट अमेरिकी नागरिक अमिरी मुक्त

रुबियोका अनुसार, अझै पनि थुप्रै अमेरिकी नागरिकहरू अफगानिस्तानमा बिना कारण हिरासतमा छन् र ट्रम्प प्रशासनले उनीहरूको मुक्तिका लागि पहल गरिरहेको छ। कतारको विदेश मन्त्रालयले पनि अमिरीको रिहाइमा सहयोग गरेको र उनी दोहा हुँदै अमेरिका फर्किएको पुष्टि गरेको छ।

कतारले मार्च महिनादेखि अमिरीको मुक्तिका लागि वार्ता सुरु गरेको थियो। स्रोतका अनुसार, यस क्रममा कतारले अमिरी र अमेरिकी बन्धक दूत एडम बोहेलरबीच भेट गराएको थियो। गत हप्ताको अन्त्यतिर वार्तामा भएको प्रगतिले गर्दा उनको रिहाइ सम्भव भएको हो।

यसअघि, यसै वर्षको जनवरीमा तालिबान र अमेरिकाबीच भएको कैदी आदानप्रदानमा दुई अमेरिकी नागरिक मुक्त भएका थिए। तीमध्ये रायन कोर्बेट सन् २०२२ मा अफगानिस्तानको कार्य भ्रमणका क्रममा अपहरणमा परेका थिए।

बदलामा अमेरिकी पक्षले क्यालिफोर्नियामा लागूपदार्थ र आतंकवादसम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेका तालिबान सदस्य खान मोहम्मदलाई रिहा गरेको थियो।

त्यसपछि, मार्चमा थप दुई अमेरिकीहरू मुक्त भएका थिए, जसमध्ये जर्ज ग्लेजम्यान २०२२ मा अफगानिस्तान घुम्न गएका बेला पक्राउ परेका थिए। यसै महिनाको सुरुवातमा अफगानिस्तानमा दुई दशकदेखि बस्दै आएका बेलायती दम्पती पिटर र बार्बी रेनोल्ड्सलाई पनि कतारको मध्यस्थतामा रिहा गरिएको थियो।

९ महिनापछि तालिबानको हिरासतबाट अमेरिकी नागरिक अमिरी मुक्त





Source link

Leave a Comment