४ महिना पुग्न लाग्दा पनि कसैले दावी गरेन न्युजर्सीमा बिक्रि ११३० मिलियन डलरको ज्याकपट



प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

४ महिना पुग्न लाग्दा पनि कसैले दावी गरेन न्युजर्सीमा बिक्रि ११३० मिलियन डलरको ज्याकपट

गत मार्चमा न्युजर्सीको मदिरा पसलमा बिक्रि भएको ११३ण् मिलियन डलरको मेगा मिलियन विजेता टिकट खरिद गर्ने विजेताले अझै पनि राज्यको सबैभन्दा ठूलो पुरस्कार दाबी नगरेको लोटरी अधिकारीहरुले बताएका छन् । यो ज्याकपट मेगा मिलियन्सको इतिहासमा पाँचौं ठूलो हो।

विजेताले एकमुष्ठ नगद लिन चाहेमा ५३७ दशमलव ५ मिलियन डलर प्राप्त गर्नेछन् । मोनमाउथ काउन्टीको रुट ६६ मा रहेको शपराइट लिकर स्टोरमा यो टिक खरिद गरिएको थियो। तर ४ महिना पुग्न लाग्दासमेत कुनै पनि विजेता रकम दावी गर्न आएका छैनन् ।

मार्च २६ मंगलबारको मेगा मिलियन ज्याकपट एउटै टिकटले जितेको थियो । विजेता संख्या ७, ११, २२, २९ र ३८ थिए भने मेगा बल ४ थियो। ३१ पटक खोल्दापनि कसैले नजितेपछि ज्याकपट एक बिलियन डलर नाघेको थियो ।

शपराइट लिकर स्टोरले टिकट बेचेवापत ३० हजार डलर पुरस्कार प्राप्त गरिसकेको छ । एकमुष्ठ ५३७ दशमलव मिलियन एकमुष्ट नगद भुक्तानीको सट्टा विजेतासँग ३० वर्षमा किस्ताहरूमा पूर्ण पुरस्कार प्राप्त गर्ने विकल्प पनि छ।

न्युजर्सी लोटरीले अज्ञात विजेतालाई टिकटमा हस्ताक्षर गर्न र यसको प्रतिलिपि बनाउन सुझाव दिएको छ । साथै व्यावसायिक र वित्तीय सल्लाहकारहरूलाई सम्पर्क गर्न र दाबी फाइल गर्न सिफारिस गरेको छ।

४ महिना पुग्न लाग्दा पनि कसैले दावी गरेन न्युजर्सीमा बिक्रि ११३० मिलियन डलरको ज्याकपट

न्युजर्सी राज्यका विजेताहरूलाई आफ्नो पहिचान खुलाउन नचाहेको खण्डमा अज्ञान रहन पाउने कानुनी अधिकार छ । यद्यपी ६ सय डलर बढी जित्नेहरूले आफ्नो पुरस्कार दाबी गर्नको लागि आफ्नो आईडी लोटरी अधिकारीहरूलाई उपलब्ध गराउनु पर्छ।





Source link

Leave a Comment