१५ वर्षदेखि चित्रकलामा रमाइरहेका पवन

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका पवन



प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार

 तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुनुहुन्छ नेपाली ।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उहाँले बताउनुभयो । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भन्नुभयो ।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसक्नुभएको छ । एसएलसी दिएपछि नै चित्रकला सुरु गर्नुभएका उहाँले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाउनुभयो । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उहाँ भन्नुहुन्छ ।

पहिले शिक्षण पेसामा आबद्ध उहाँ हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत हुनुहुन्छ तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्नुहुन्छ । उहाँले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोेरेको उहाँ बताउनुहुन्छ । उहाँले अगाडि थप्नुभयो, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।” रासस





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School