सन् २०२६ को मध्यतिरदेखि पाउनेछन् अमेरिकी नागरिकले २ हजार डलरको ‘ट्यारिफ डिभिडेन्ड’ चेक !



प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

100 US dollar banknotes

फोटो: भियाचेस्लाभ बुब्लिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यतिरदेखि प्रत्येक अमेरिकी नागरिकलाई दुई हजार डलरको “ट्यारिफ डिभिडेन्ड” चेक उपलब्ध गराउने वाचा व्यक्त गरेका छन् । सो वाचा राष्ट्रपति ट्रम्पका यसअघि आएका अस्पष्ट वक्तव्यहरूमध्ये सबैभन्दा ठोस समय सीमा भएको बताइएको छ।

ओभल अफिसमा सोमबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले मध्यम तथा सामान्य आय भएका नागरिकलाई लक्षित गर्दै चेक वितरण प्रक्रिया आगामी वर्षको मध्यतिर सुरु हुने बताए। तर, यो योजनालाई कार्यान्वयनमा ल्याउन प्रशासनभित्रै अनिश्चितता रहेको देखिन्छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा यस्तो भुक्तानी वितरणका लागि विशेष कानुन आवश्यक हुने स्पष्ट पारेका थिए । उनले चेकका रूपमा मात्रै नभई कर फिर्ताजस्ता अन्य स्वरूपमा पनि वितरण हुन सक्ने सङ्केत दिएका थिए ।

तर, आर्थिक हिसाबले भने यो प्रस्ताव चुनौतीपूर्ण देखिएको छ। प्रति व्यक्ति दुई हजार डलरको भुक्तानीले ट्रम्प प्रशासनले ट्यारिफमार्फत सङ्कलन गरेको २०० बिलियन डलरभन्दा धेरै रकम खर्चमा जानेछ। ‘कमिटी फर अ रिस्पोन्सिबल फेडरल बजेट’ का अनुसार भुक्तानी कोभिड–१९ कालीन स्टिमुलसजस्तै वयस्क तथा बच्चा दुवैलाई बाँडिने खालको भए यसको लागत ६०० बिलियन डलरसम्म पुग्न सक्छ।

सन् २०२६ को मध्यतिरदेखि पाउनेछन् अमेरिकी नागरिकले २ हजार डलरको ‘ट्यारिफ डिभिडेन्ड’ चेक !

साथै, ट्यारिफबाट सङ्कलित आम्दानीको भविष्य पनि अनिश्चित छ। राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपत्कालीन अधिकार प्रयोग गरेर व्यापक ट्यारिफ लगाएको संवैधानिक वैधता विषयमा सर्वोच्च अदालतले चाँडै फैसला सुनाउनेछ। अदालतका दुवै धारका न्यायाधीशहरू ट्रम्पको तर्कप्रति शङ्कालु देखिएका छन्। यदि अदालतले उनको पक्षमा फैसला नगरेमा प्रशासनले आयातकर्तालाई अर्बौँ डलर फिर्ता गर्नुपर्ने सम्भावना छ, जसले ट्रम्पले वाचा गरेको “डिभिडेन्ड” उल्टो परिणाममा पुग्नेछ।

यद्यपि, राष्ट्रपति ट्रम्पले ट्यारिफलाई अमेरिकी उद्योग संरक्षणदेखि बजेट सुदृढीकरणसम्मका सबै उद्देश्य पूरा गर्ने आर्थिक माध्यमका रूपमा निरन्तर प्रस्तुत गरिरहेका छन्। डेमोक्र्याटहरूले हालैको चुनावमा ठुलो सफलता पाएपछि ट्रम्प र रिपब्लिकन पार्टीले “जीवनयापन सुलभता” को मुद्दामा पुनः जनमत आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

ट्रम्पले पछिल्लो समयमा मासु, कफी, फलफूल तथा अन्य वस्तुहरूमा लगाइएका ट्यारिफ हटाउने सङ्केत पनि दिएका छन्। 

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment