हराएको २० वर्षपछि  एरिजोनाको मरुभूमिमा मृत भेटिएकी आप्रवासी बालिकाको पहिचान



प्रकाशित मिति : २० असार २०८३, शनिबार

हराएको २० वर्षपछि  एरिजोनाको मरुभूमिमा मृत भेटिएकी आप्रवासी बालिकाको पहिचान

Photo: Dug Nichols/ Unsplash

एरिजोनाको पिमा काउन्टीस्थित इन्टरस्टेट १५ नजिकै एउटा बुल्डोजर टोलीले मरुभूमिको बीचमा एउटा बेवारिसे थुप्रो देख्यो। नजिकै गएर हेर्दा त्यो जुलाईको चर्को गर्मीमा सडिरहेको अवस्थामा रहेको एउटा सानो बालिकाको निर्जीव शरीर थियो। यो घटना घटेको झन्डै २० वर्ष पुग्न लाग्दा बल्ल ती बालिकाको वास्तविक पहिचान खुलेको छ।

सन् २००७ मा अमेरिकी सीमा पार गर्ने क्रममा एरिजोनाको मरुभूमिमा ज्यान गुमाएकी ती बालिकाको पहिचान अन्ततः अधिकारीहरूले पुष्टि गरेका छन्।

लामो समयसम्म अधिकारीहरूले ती बालिकालाई उनको साथमा भेटिएका सामानका आधारमा मात्र चिन्दथे। उनको साथमा एउटा नक्कली मेक्सिकन जन्मदर्ता प्रमाणपत्र थियो। उनले जिब्रो र कुर्कुच्चामा लोगो,खैरो रंगको जुत्ता, साना झुम्का, र काँधमा माला जडित “यु गो गल” लेखिएको कपडा बुट्टा भएको टिसर्ट लगाएकी थिइन्।

मोक्सी फोरेन्सिक इन्भेस्टिगेशन्सका अनुसार, आइदा टामस रामिरेज आफ्नो मृत्यु हुनुअघि ग्वाटेमालाको एउटा ग्रामीण क्षेत्रबाट बेपत्ता भएकी थिइन्। उनको गृहनगर ग्वाटेमालाको ह्युहुएतेनाङ्गो प्रान्तको कुइल्को नामको पहाडी गाउँबाट करिब २,००० माइल उत्तरमा उनको दुःखद मृत्यु भएको थियो। मृत्यु हुँदा उनी मात्र १४ वर्षकी थिइन्।

मध्य अमेरिकाबाट मरुभूमिको कठिन बाटो हुँदै अमेरिका छिर्ने प्रयासमा ज्यान गुमाउने हजारौँ आप्रवासीहरूमध्ये रामिरेज पनि एक हुन्। अझै पनि धेरैको पहिचान खुल्न बाँकी छ। पिमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालयले पुराना समाधान हुन नसकेका केसहरू सुल्झाउने नयाँ अभियान अन्तर्गत मोक्सी फोरेन्सिक कम्पनीसँग मिलेर रामिरेजको पहिटेज पत्ता लगाएको हो।

घटनाको समयमा उनको साथमा फेला परेको नक्कली कागजपत्रमा ‘आइदा’ नाम उल्लेख भए पनि अधिकारीहरूले त्यो उनको वास्तविक नाम हो भनेर पुष्टि गर्न सकेका थिएनन्। तत्कालीन समयमा अनुसन्धानकर्ताहरूले उनको उमेर १३ देखि १७ वर्षको बीचमा रहेको अनुमान गरेका थिए।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू, टक्सनस्थित ग्वाटेमालाको वाणिज्य दूतावास, हराएका तथा शोषणमा परेका बालबालिकाहरूका लागि राष्ट्रिय केन्द्र, र आर्जेन्टिनी फोरेन्सिक एन्थ्रोपोलोजी टोलीको संयुक्त प्रयासपछि मात्र यो सफलता सम्भव भएको हो। मोक्सीका प्रवक्ता ब्रायन वोर्टर्सले भने, आइदाको पहिचान ल्याटिन अमेरिकीहरूको पहिचान पुनर्जीवित गर्ने र उनीहरूका परिवारलाई जवाफ दिने गहिरो समर्पणको परिणाम हो। यस कठिन घडीमा हाम्रो संवेदना आइदाको परिवारसँग छ।





Source link

Leave a Comment