हमास प्रमुख सिनवार मारिएको इजरायलद्धारा पुष्टि , नेतान्याहू भन्नुहुन्छ : युद्ध सकिएको छैन

हमास प्रमुख सिनवार मारिएको इजरायलद्धारा पुष्टि , नेतान्याहू भन्नुहुन्छ : युद्ध सकिएको छैन



प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार

इजरायलले हमासका नेता यह्या सिनवारलाई इजरायली सेनाले दक्षिणी गाजामा मारेको पुष्टि गरेको छ ।

सिनवारले २०१७ देखि गाजामा हमासको सशस्त्र समूहको नेतृत्व गरेका थिए । उनलाई इजरायल, अमेरिका र बेलायतले ७ अक्टोबरका आक्रमणहरूको योजनाकारका रूपमा चित्रित गरेका थिए ।

ती आक्रमणमा हमासका बन्दुकधारीहरूले इजरायलमा झण्डै १हजार २०० जनाको हत्या गरेका थिए । २५१ जना बन्धक बनाएका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रतिज्ञा गरेअनुसार सिनवारसँग हिसाब मिलायौं भनेर भन्नुभएको छ । इजरायली सेनाका अनुसार सिनवार र तीन जना लडाकुहरूलाई बुधबार रफाहमा रहेको एक भवनमा छापा मार्ने क्रममा मारिएको हो ।

उक्त भवनलाई वरिष्ठ हमास नेताहरूले प्रयोग गरिरहेको आशंका गरिएको थियो । सेनाले घटनास्थलमा बन्धकहरू फेला नपरेको बताएको छ ।

इजरायली रक्षा बल IDF का प्रवक्ताका अनुसार तीनजना बन्दुकधारीहरूलाई घर घरमा दौडिरहेको देखेपछि इजरायली सेनाले उनीहरूमाथि गोली चलाएको थियो ।

सिनवार एक्लै भवनमा पसेका थिए । जहाँ उनलाई ड्रोनले कुर्सीमा बसेको अवस्थामा देखेको थियो । पछि सेनाले भवनमा प्रवेश गरी उनलाई एउटा बन्दुक, विस्फोटक सामग्री सहित फेला पारेको जनाएको छ ।

सिनवारको मृत्युको पुष्टि गर्न इजरायलले केही घण्टा लगाएको थियो । किनकि उनीहरुको पहिचानको लागि डेन्टल रेकर्ड र फिङ्गरप्रिन्टको तुलनामा ढिलाइ गरिएको थियो ।

हमास प्रमुख सिनवार मारिएको इजरायलद्धारा पुष्टि , नेतान्याहू भन्नुहुन्छ : युद्ध सकिएको छैन

सिनवारको हत्या गाजामा हमासविरुद्ध इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो । उनको मृत्यु हमासका लागि गम्भीर धक्का हो । जसलाई उनले एउटा शक्तिशाली लडाकु संगठनमा परिणत गरेका थिए । इजरायललाई यसको इतिहासकै सबैभन्दा ठूलो हार भोग्न बाध्य पारेको थियो ।

घटनास्थलमा लिइएको एउटा फोटोमा सिनवारलाई युद्धक पोशाकमा भवनको भग्नावशेषमा मरेको देखाइएको छ । जुन ट्यांकको शेलले क्षतिग्रस्त भएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिकहरूको प्रशंसा गर्नुभएको छ र भन्नुभएको छ तर युद्ध अझै समाप्त भएको छैन । यो कठिन छ । र यसको ठूलो मूल्य चुकाउनु परेको छ ।

सिनवारको जन्म १९६२ मा गाजापट्टीको खान यूनिसमा रहेको एक शरणार्थी शिविरमा भएको थियो । उनी पाँच वर्षका हुँदा, १९६७ को मध्यपूर्वी युद्धमा इजरायलले मिस्रबाट गाजापट्टी कब्जा गरेको थियो ।

उनका परिवार १९४८ को युद्धका क्रममा इजरायली सेनाबाट भाग्न वा निकालिन बाध्य भएका ७ लाख भन्दा बढी प्यालेस्टिनीहरूमा भित्रका हुन । २० वर्षको उमेरमा सिनवारलाई इजरायलले चार प्यालेस्टिनी सूचनाकर्ताहरूको हत्या गरेको आरोपमा दोषी ठहराएको थियो ।

२२ वर्ष जेलमा बिताउँदै गर्दा उनले हिब्रू भाषा सिके, आफ्ना दुश्मनहरूलाई बुझ्न थाले र उनीहरूलाई कसरी लड्ने भन्ने योजना बनाए । जेलमा बिताएको समयले इजरायलले उनको डेन्टल रेकर्ड र डीएनए नमुना सुरक्षित गरेको थियो ।

सिनवारलाई २०११ मा इजरायली सैनिक गिलाद शालिटको बदलामा १ हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूसँग साटासाट गरेर रिहा गरिएको थियो ।

७ अक्टोबर २०२३ मा, सिनवार र उनका मानिसहरूले अत्यन्त व्यवस्थित रूपमा इजरायलमा अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय भोग्न बाध्य पार्ने आक्रमण गरेका थिए ।

प्रत्येक हमास नेता १९९० देखि इजरायलद्वारा मारिएका छन् । तर सधैं उत्तराधिकारी आएका छन् । सिनवारको हत्या भए पनि, हमास अझै लडिरहेको छ र बन्धकहरू पनि उसकै नियन्त्रणमा छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School