प्रकाशित मिति : माघ २३, २०८१ बुधबार
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ ।
स्पेसएक्स एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो । यो सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ ।
स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
स्पेसएक्सले पछि २१ स्टारलिङ्क उपग्रहहरूको तैनाती गरेको थियो । जसमा १३ डायरेक्ट–टू–कल क्षमताहरू भएका उपग्रह रहेका छन् ।
स्टारलिङ्क निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा दुर्गम स्थानहरूमा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो ।
एउटा स्टारलिङ्क उपग्रहको आयु लगभग पाँच वर्षको हुन्छ । स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पूर्ण रूपमा उपलब्ध नभएका स्थानहरूमा पु¥याउनेछ ।