सेप्टेम्बरको पहिलो सातादेखि शिकागोमा कागजातविहीन आप्रवासीविरुद्धको पक्राउ अभियान सुरु गर्ने तयारी



प्रकाशित मिति : भाद्र ११, २०८२ बिहीबार


अमेरिकी ट्रम्प प्रशासनले आगामी हप्तादेखि शिकागोमा ठूलो स्तरको कागजातविहीन आप्रवासी पक्राउ अभियान सुरु गर्ने तयारी गरेको छ।

यसलाई ट्रम्पको प्रशासन र डेमोक्र्याट नेतृत्वको शहरबीच बढ्दो तनावको अर्को चरणको रूपमा हेरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरूले स्थानीय अधिकारीहरूले संघीय आप्रवासन निकायसँग सहकार्य नगरेको भन्दै शिकागोको बारम्बार आलोचना गर्दै आएका छन्।

सेप्टेम्बरको पहिलो सातादेखि शिकागोमा कागजातविहीन आप्रवासीविरुद्धको पक्राउ अभियान सुरु गर्ने तयारी

सेप्टेम्बरको पहिलो सातादेखि शिकागोमा कागजातविहीन आप्रवासीविरुद्धको पक्राउ अभियान सुरु गर्ने तयारी

बाइडेन प्रशासनको पालामा दक्षिणी सिमानामा आप्रवासी बढेकाले र टेक्सासका गभर्नर ग्रेग एबटले आप्रवासीहरूलाई डेमोक्र्याट-शासित शहरहरूमा पठाउने निर्णय गरेपछि शिकागोमा आप्रवासीहरूको चाप बढेको थियो।

ट्रम्पले पदभार ग्रहण गरेपछि जनवरीमै शिकागो आप्रवासन कानुन कार्यान्वयन अभियानको पहिलो लक्ष्य बनेको थियो।

प्रशासनले त्यस शहरविरुद्ध “स्यान्क्चुरी नीति”का कारण मुद्दा दायर गरेको थियो। तर अदालतले संघीय सरकारलाई मुद्दा हाल्ने कानुनी अधिकार नभएको भन्दै त्यसलाई खारेज गरिदिएको थियो। संघीय कोष रोक्ने प्रयासलाई पनि अदालतले रोकिदिएको थियो।

यो पटकको अभियान भने अघिल्लोभन्दा ठूलो हुने अपेक्षा गरिएको छ। इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस), कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) लगायत अन्य संघीय निकायका अधिकारीहरूलाई परिचालन गरिने बताइएको छ।

आवश्यक परे नेशनल गार्डसमेत पठाउने तयारी ट्रम्प प्रशासनले गरिरहेको स्रोतहरूले जनाएका छन्।

सेप्टेम्बरको पहिलो सातादेखि शिकागोमा कागजातविहीन आप्रवासीविरुद्धको पक्राउ अभियान सुरु गर्ने तयारी

शिकागोमा हतियारसहितका गाडी पठाउने र संघीय एजेन्टहरूको संख्यामा वृद्धि गर्ने काम भइसकेको छ। यो अभियान सेप्टेम्बर ५, शुक्रबारदेखि सुरु गर्ने तयारी छ।

ह्वाइट हाउसले जनाएअनुसार यो आप्रवासन-केन्द्रित अभियान भने राष्ट्रपति ट्रम्पले हालै शिकागोमा अपराध नियन्त्रणका लागि संघीय सुरक्षा बल र नेशनल गार्ड पठाउने प्रस्तावसँग फरक रहेको छ।





Source link

Leave a Comment