सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)


२० असार, काठमाडौं । सूर्यविनायक–धुलिखेल सडकखण्ड पनि सडक विस्तारको काम गर्दा साविक लेनलाई चुस्त दुरुस्त राख्न चासो नदिने प्रवृत्तिको सिकार भएको छ । विस्तारको काममा ढिलाइ र हेलचेक्र्याइँ हुँदा काठमाडौंको साँगा नाका सडक बेहाल अवस्थामा छ ।

निर्माणको काममा भएको अलमलले नागढुंगा–मुग्लिन सडकले जस्तै सास्ती यो सडकले पनि दिइरहेको छ । सडक विस्तारको काम गर्दा सवारी र यात्रुलाई पर्ने मर्कालाई ध्यान नदिइँदा यो खण्डको यात्रा कष्टकर छ । निर्माणको काम पनि सन्तोषजनक गतिमा भएको छैन, जसले गर्दा स्थानीय बासिन्दा, यात्रु र सवारी चालक सबै दिकदार छन् ।

सडक विस्तार गर्दा आवश्यकता र डिजाइनअनुसार भित्ताको माटो काटिएको छ । छेउभागबाट टेवा पर्खाल लगाइँदै पनि छ । सडक छेउका रुख काट्ने र पोल सार्ने काम भइसकेको छ । तर, छिटो काम गर्ने र निर्माण क्षेत्रलाई व्यवस्थित गर्ने काम नगर्दा यो खण्ड भएर आवत–जावत गर्नेहरु मर्कामा छन् ।

सूर्यविनायकबाट अघि बढ्नासाथ भित्ताबाट काटिएको माटो सडकभरि पोखिएको देखिन्छ, टेवा पर्खाल लगाउन कतै जगका लागि खाल्डो खनेर धराप बनाएर छोडिएको छ, कतै पर्खाल निर्माण गरे पनि माटो भरिएको छैन । थप लेनको निर्माण र कल्भर्टहरु निर्माण भइरहेको ठाउँमा खनेर थुपारिएको माटो सडकभरि आउँदा समस्या थपिएको छ । सडकसम्म माटो नआउने प्रबन्ध नगरिँदा सडक सुरक्षा नै जोखिमपूर्ण बन्न पुगेको छ ।
भिडियो हेर्नुस्



कतिपय भागमा भित्ता काट्न बाँकी छ । धेरैजसो भागमा सडक विस्तारको कामका लागि खनी खोतली गरी छोडिए पनि माटो भरेर नयाँ लेनतर्फका सडक सम्याउने काम कतै सकिएको छैन ।

विस्तारको काम थालेपछि प्रयोगमा रहेको साविकका सडक लेनहरु मर्मत गरेर चुस्त राखिएको छैन । साविकका सडकको कालोपत्रे धेरै ठाउँमा उप्किएको छ, खाल्डाहरु बनेका छन् । त्यही सडकमा सवारी साधनहरु बडो सकससँग कुदिरहेका छन् ।

अहिले खावा–धुलिखेल सडक पनि विस्तारको काम भइरहेको छ । सो खण्डको काम पनि सुस्त र भद्रगोल हुँदा यात्रुलाई सकस थपिएको छ ।

देशको मुख्य आर्थिक केन्द्र काठमाडौंमा खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्यदेखि वस्तुहरु आपूर्तिका लागि महत्वपूर्ण मानिने यो सडकखण्ड अलपत्र छाड्दा यसले बहुआयामिक असरहरु पर्ने देखिन्छ । सडकको दुरावस्थाले यात्रा समय लम्बिनेदेखि यात्रा लागत बढ्ने समस्या छ ।

सूर्यविनायक–धुलिखेल सडक अहिलेसम्म ७ मिटरको इन्टरमेडियट २ लेनमा सीमित छ । यसले गर्दा यात्रा समय बढेको, ढुवानी लागत महँगिएको र त्यसले औद्योगिक उत्पादनको लागतसहित उपभोक्ताको भान्सासम्म नकारात्मक असर पारेको निष्कर्षसहित फराकिलो बनाउने अवधारणा अघि सारिएको थियो । दैनिक हजारौं सवारी साधन आवातजावत गर्ने यो खण्ड ट्राफिक चापअनुसारको चुस्त, दुरुस्त र सहज नभएको भन्दै सरकारले आफ्नै लगानीमा चार लेनमा विस्तार गर्न थालेको थियो । तर, विस्तारको काममा भइरहेको बेवास्ताले समस्या थपेका छन् ।

भित्ताको माटो काट्ने, टेवा पर्खाल, क्रस ड्रेन र नाली बनाउने लगायतका काम भइरहँदा निर्माण साइट भने भद्रगोल छाडिएको छ । सडक दायाँ–बायाँ बनाउने काम गरे पनि गाडी गुड्ने लेन राम्रो बनाएर राख्न पर्याप्त चासो दिइएको छैन । स्थानीयहरुका अनुसार यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्ने चिन्ता उनीहरुको छ ।

सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सहज ढंगले गुड्न सबैजसो गाडीलाई मुस्किल हुन्छ । भत्काएर छाडेपछि यो खण्ड मालबाहक सवारीका लागि समेत झन् जोखिमपूर्ण बनेको छ । मालसामान बोकेर आएका सवारी सडकमा सुस्त गतिमा चल्छन् । राजधानी छिर्ने नाका भएकाले सडक ५ मिनेट बन्द हुँदा नै लामो जाम लाग्ने समस्या छ ।सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

यो खाल्डायुक्त सडकमा धुलो र हिलोको राज छ । घाम लाग्दाको धुलाम्य वातावरण पानी पर्नासाथ हिलोमय हुन्छ । पानी परेर हिलो हुँदा मोटरसाइकल र साना सवारी साधनहरु चिप्लिएर दुर्घटनामा परिरहेका छन् । उबडखाबड सडकमा गाडीहरु घ्याच्च–घ्याच्च गर्दै गुडिरहेका छन् ।

सडक किनारका ठाउँ–ठाउँमा बाटो नै छेकेर माटो थुपारिएको छ । कतै नालाको पानी सडकतिर बगिरहेको छ । किनारका घरबस्ती र होटल/पसलका छानाहरु धुलाम्य छन् । सडक छेउमा व्यवसाय गर्नेहरु मास्क नलगाई एकछिन पनि बस्न नसक्ने अवस्थामा छन् ।

खनेर छोडिएको सडक कालोपत्रे कहिले हुन्छ भन्ने कसैलाई पत्तो छैन । सडकमा देखिएका खाल्डा, ढुंगा र ढिस्काले दुर्घटनाको जोखिम बढाएको छ । सवारी हाँक्नेहरु सडकको बेहालतले आजित छन् ।

धुलो र हिलो झेल्दै यात्रा गरेका गाडीसँगै मोटरसाइकलका यात्री धुलाम्य देखिन्छन् । यस्तो दृश्य र परिवेश सूर्यविनायकदेखि धुलिखेलसम्म नै छ । सामान्य अवस्थामा ३० मिनेटको सडक यात्रामा छिचोलिने यो खण्ड पार गर्न सवारीहरुलाई डेढ घण्टाभन्दा बढी लाग्ने अवस्था छ ।

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

कति भयो काम ?

मंसिर र पुस २०८०मा यो सडक खण्ड विस्तारका लागि २ वटा प्याकेजमा ठेक्का लागेको थियो । तर, आयोजनामा आधा अवधि सकिँदा २७ प्रतिशत मात्रै काम सकिएको छ । आयोजना अहिलेसम्म २३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) नारायणप्रसाद लामिछाने पर्खाल, कल्भर्ट, नाला निर्माणको काम करिब ८० प्रतिशत सकिएको बताउँछन् ।

‘५० प्रतिशत जति समय सकियो, ठेक्का लागेपछि ठेकेदार परिचालित हुन र सर्भेका काम गर्न केही समय लागेको थियो, त्यसपछि लगातार निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘आयोजनाको ६० प्रतिशत काम पिच गर्नेबाहेकको हुने भएकाले अहिले भइरहेको काम सकिएपछि पिचको काम धमाधम हुन्छ, धेरै समय लिंदैन ।’सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सरकारले वैदेशिक सहायता दिन इच्छुक रहेको जापान सरकारलाई पन्छाएर सरकारकै लगानीमा बनाउन थालेको यो परियोजनाले पर्याप्त प्राथमिकता नपाउँदा पनि समस्या छ  । चालु आर्थिक वर्षमा ५४ करोड बजेट पाएको आयोजनाले थप ८३ करोड खर्च गरेको छ । थप ४५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपछि रकमान्तरको तयारी हुँदैछ ।

आयोजनाले आगामी आर्थिक वर्षका लागि ९७ करोड बजेट पाएको छ । तर, सो बजेट पनि अपुग हुने अनुमान छ । ‘अर्थ मन्त्रालयले अहिले विनियोजन कम गरे पनि काम भएअनुसार भुक्तानीको व्यवस्था मिलाउने बताएको छ,’ सीडीई लामिछानेले भने, ‘भुक्तानीमा ठूलो समस्या छैन ।’

आयोजनाले सडक क्षेत्रभित्रका घर टहराको क्षतिपूर्ति विवाद टुंग्याएको छैन । सडक क्षेत्रभित्रका करिब १०० वटा घर टहरा हटाउन नै बाँकी छ । रुख कटानी र पोल सार्ने काम सकिएको आयोजनामा साँगा कटेपछि केही ठाउँमा भटिएका पुराना सम्पदाहरुको व्यवस्थापन पेचिलो बनेको छ । सीडीई लामिछानेका अनुसार ती सम्पदामा पर्ने असरबारे पुरातत्व विभागले अध्ययन गरेको छ, तर प्रतिवेदन आइनसकेकाले कतिपय ठाउँमा काम अघि बढ्न सकेको छैन ।सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

आकाशे पुल विनाको सडक

धेरै समस्या नै नभएका क्षेत्रमा पनि ठेकेदारहरुले ठूलो संख्यामा मेसिन र कामदार खटाउन चासो दिएका छैनन् । फाट्टफुट केही ठाउँमा मात्रै कामदारहरु काममा भेटिन्छन् ।

सडक फराकिलो गर्ने काम भइरहे पनि यो खण्डमा कतै पनि यात्रुलाई वारपार गर्न आकाशे पुल बनाउने योजना छैन । यो सडकखण्ड दायाँ–वायाँको अधिकांश क्षेत्रमा शहरी बस्तीहरु विकास भइसके पनि सरकारले राजमार्गका रुपमा डिजाइन गरेर यसमा आकाशे पुल राख्न चासो दिएका छैन ।सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

ठाउँ–ठाउँमा जेब्रा क्रसहरु राख्ने तयारी हुँदैछ । ४ लेनको मुख्य सडकबीचको मेडिन र दुबैतर्फ एक–एक वटा सर्भिस लेनसहित बन्ने सडकमा आकाशेपुलहरु नहुँदा जोखिमपूर्ण तवरले सडक काट्नुपर्ने बाध्यता आइपर्ने अवस्था आउने देखिएको छ । तर, सरकारले यसतर्फ खासै चासो दिएको छैन ।

१५ दशमलव ८ किलोमिटरको यो सडकखण्ड तीन वर्षमा विस्तार गरिसक्ने गरी खरिद सम्झौताहरु भएका थिए । सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत साँगादेखि धुलिखेल ८ दशमलव ४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । ४ अर्ब ५ करोडमा ठेक्का लागेको यो खण्डको काम मंसिर २०८२मा सक्ने लक्ष्य छ ।

७ दशमलव ५ किलोमिटरको सूर्यविनायक–साँगा सडकखण्ड आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले पाएको छ । ३ अर्ब ८८ करोडमा लागेको यो ठेक्का पुस २०८२ भित्र सक्नुपर्नेछ । जगाती, पुण्यमाता र महादेव खोलामा ३-३ वटा पुल बनाउने गरी हिमदुङ/थोकर/राकम जानकी जेभीले पाएको ठेक्का चैत २०८२सम्म सकाउने लक्ष्य छ ।

तर, काममा ढिलासुस्ती भएकाले समयमै काम सक्न मुस्किल हुनसक्ने अनुमान छ ।

सीडीई लामिछाने भने वर्षापछि यो सडकखण्डमा कालोपत्रेको काम सुरु हुने दाबी गर्छन् । त्यसपछि आयोजनाको काममा तीव्र रुपमा प्रगति देखिने लामिछाने बताउँछन् ।सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

ट्राफिक व्यवस्थापन सहज हुने विश्वास

अरनिको राजमार्गको एक खण्ड सूर्यविनायक–धुलिखेल खण्ड चीनसँगको तातोपानी नाका र वीपी राजमार्गसँग जोडिने सडक हो ।

यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने विश्वास गरिएको छ । सो क्षेत्रमा बस्ती बढ्दै गर्दा सवारीको चाप पनि बढेकाले सडकमा जामको समस्या ब्याप्त छ ।

यो खण्ड विस्तार भयो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दुरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ । यो सडक ८ लेनमा विस्तार भएपछि पर्यटकीय क्षेत्र धुलिखेलको पर्यटन प्रवद्र्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ ।

तर, निर्माणकै क्रममा आयोजनामा देखिएको शिथिलताले स्थानीयहरु र यात्रुहरु सरकार र ठेकेदार कम्पनीसँग रुष्ट छन् । कालोपत्रे सुरु हुनुपर्ने बेलासम्म आयोजनामा पर्याप्त प्रगति नदेखिंदा असन्तुष्टि चर्को छ ।सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)    सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

 

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)   सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

 

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)  सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो) सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा साह्रै सकस (फोटो–भिडियो)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School