सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित


अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

५ चैत, काठमाडौं । नयाँ प्रशिक्षक, तीन नयाँ खेलाडी, एसियन कप छनोटको अन्तिम चरणको सुरुवात अनि साफ च्याम्पियनसिपको तयारी लक्ष्यसहित नेपाली फुटबल टोली मंगलबार सिंगापुर प्रस्थान गरेको छ ।

अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालको पहिलो खेल यही चैत ८ गते (मार्च २१) मा सिंगापुर विरुद्ध हुनेछ ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपालले चैत १२ गते (मार्च २५) मा मलेसियासँग खेल्दैछ । त्यसैको तयारी स्वरुप नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

दुई साताअघि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका रोसले किरण चेम्जोङको कप्तानीमा आफ्नो पहिलो टोली घोषणा गरेका थिए । जसमा उनले तीन नयाँ अनुहारलाई मौका दिएका छन् । गोलकिपर अन्जल श्रेष्ठसहित डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी पहिलो पटक सिनियर टिममा परेका हुन् ।

उत्साहित म्याट रोस

म्याट रोस पहिलो पटक कुनै पनि राष्ट्रको पुरुष राष्ट्रिय टिम सम्हाल्दै छन् । त्यसले पनि उनी निकै खुशी र उत्साहित देखिएका छन् । त्यति मात्र होइन नेपाली फुटबलको क्रेज र नेपालको फुट ट्यालेन्ट देखेर पनि उनी उत्साहित छन् ।

अब नेपालको प्रशिक्षकको रुपमा सिंगापुरविरूद्धको पहिलो खेललाई लिएर पनि उनी उत्साहित छन् । ‘म फ्राइडे नाइट (शुक्रबार रात)को प्रतिक्षामा छु’ उनले भने । आउँदो शुक्रबारको नेपाल र सिंगापुरबीचको मैत्रीपूर्ण खेलबाट प्रशिक्षक रोसले पनि आफ्नो सिभिमा नेपालको प्रशिक्षक पद थप्नेछन् । उनले यसलाई आफ्नो सपना पूरा भएको पनि बताएका छन् । ‘मेरो लागि ड्रिम कम ट्रयु हो । राष्ट्रिय टिमलाई लिड गर्दै विदेशमा गएर खेल्नु।’

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपालले अबको एक साताभित्र दुई महत्वपूर्ण खेल खेल्दैछ ।

उनले फुटबलमा नतिजा हेरिने भएकोले आफ्नो लागि दबाब पनि रहेको बताए । ‘अफ कोर्स, यो प्रेसर हो । अन्तर्राष्ट्रिय फुटबलमा रिजल्ट हेरिन्छ । शुक्रबार रातपछि फरक अवस्था हुन्छ । म उत्साहित पनि छु’ उनले भने ।

उनले यसअघि अधिकांश समय महिला टिमको प्रशिक्षण भएर काम गरेका थिए । पहिलो पटक पूर्ण राष्ट्रिय टिम हेर्न पाउँदा रोस उत्साहित छन् ।

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

‘म टिमलाई लिएर एकदमै उत्सहित छु । मैले नेपालको टिम सम्हाल्नुअघि धेरै कुरा सुनेको थिएँ । तर खेलाडीको एटिट्युड, कमिटमेन्ट र प्रोफेशनालिज्म उत्कृष्ट छ । कुनै अनुशासनको समस्या छैन । खेलाडी राम्रो छ । राम्रोसँग प्रशिक्षण गरे । शतप्रतिशत कमिटमेन्ट थियो । अब दुई खेल कसरी खेल्ने धन्नेमा केन्द्रित छौं’ रोसले मंगलबारै भएको बिदाइ कार्यक्रममा पत्रकारहरूसँग भने ।

उनले १३ दिन खेलाडीहरूसँग काम गरेपछि आफूले सकेसम्म राम्रो टिम छनोट गरेको बताए । ‘२३ जनाको छनोट प्रकृया कठिन थियो । केही अनुभवी खेलाडी मिस भाछन् । नेपालमा क्षमतावान खेलाडी छन् । अहिले बेस्ट २३ खेलाडी छनोट गरेको हो । एग्रेसिभ पोजिटेभ प्रदर्शनको आश छ’ उनले भने ।

प्रशिक्षक रोसले नेपालको युवा ट्यालेन्टलाई नर्चर गर्नुपर्ने बताए । उनले सबैभन्दा राम्रो पक्ष नेपालको खेलाडी टेक्निकल्ली गुड रहेको र फुटबल एजुकेसन लगायत केही कुरामा भने सुधार गर्नुपर्ने बताए ।

कप्तान किरण चेम्जोङले पनि नेपाली टिम अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदा उत्साहित रहेको र टिम राम्रो सेपमा रहेको बताए । ‘नयाँ कोच, ३ जना नयाँ खेलाडी, छोटो समयो तयारी । तर सबै खेलाडीरू मोफसलको प्रतियोगितामा व्यस्त नै थिए । हामी एकदमै उत्साहित छौं’ कप्तान किरणको सुरुवाती प्रतिक्रिया यस्तो थियो ।

‘टिम राम्रो छ । नयाँ युवा क्षमतावान खेलाडीहरू आइराछ । रोहित पनि ब्याक भाछ । लकेन पनि आछ । बाँकी सबै खेलिरहेकै खेलाडी हुन् । म्याच फिट छन् । हामी राम्रो सेपमा छौं’ उनले भने ।

कप्तान किरणले नयाँ प्रशिक्षक भएपनि सिस्टम धेरै फरक नभएको र सबैले अडाप्ट गरिसकेको बताए । साथै उनले नयाँ प्रशिक्षकको पहिलो खेलपछि केही फरक देख्ने दाबी गरे । ‘खेलपछि तपाईंहरूले केही चेन्चेजहरू पक्कै देख्नुहुनेछ’ उनले भने ।

विदेश लिग खेलिरहेका रोहित चन्द र लकेन लिम्बुले नेपालमा आएर टिमसँग घुलमिल हुन पाए । दुवै खेलाडी मिडफिल्डमा राम्रो रहेको प्रशिक्षक रोसले बताएका छन् । उनले रोहितलाई क्लब फुटबलमा जस्तै मिडफिल्डमै खेलाउने बताएका छन् ।

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

नतिजा भन्दा प्रदर्शनमा जोड

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपालले अबको एक साताभित्र दुई महत्वपूर्ण खेल खेल्दैछ । नेपालले पछिल्लो पटक कात्तिकमा ताजिकिस्तान गएर घरेलु टिम र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसयता नेपाली खेलाडीहरूले खेलेको भनेको नकआउट प्रतियोगिताहरू नै हो ।

पाँच महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा नेपालले नतिजा भन्दा पनि राम्रो प्रदर्शनमा जोड दिने भएको छ । प्रशिक्षक र कप्तान दुवैले मैदानमा सकेसम्म राम्रो खेल्ने बताएपनि नतिजाबारे भने स्पष्ट भनेनन् ।

कप्तान किरणले मलेसिया नेपालभन्दा राम्रो भएपनि भयंकर टिम नभएको बताए । ‘मलेसियासँग खेलको यो गर्छौं ऊ गर्छौं भन्न सकिन्न । होममा खेल्न पाएको भए राम्रो हुन्थ्यो होला । बलियो टिम हो तर भयंकर टिम पनि होइन । हाम्रो टिममा धेरै अनुभवी खेलाडीहरू त छैन । तर हामी हाम्रो बेस्ट दिनेछौं’ उनले भने ।

यस्तै प्रशिक्षक रोसले पनि नतिजा प्रेडिक्ट गर्न नसकिने बताए । ‘नतिजा प्रेडिक्ट गर्न कठिन हुन्छ । हामी स्ट्रोङ, एग्रेसिभ र पोजिटिभ प्रदर्शन गर्नेछौं’ कस्तो नतिजा अपेक्षा गर्न सकिन्छ भन्ने प्रश्नमा उउनले कुटनितिक पारामा जवाफ दिए ।

म्याट रोसले फुटबलमा कहिले राम्रो खेलेर पनि १-० ले हार्न सक्ने र कहिले टेरिबल (खराब) खेलेर पनि जित्न सकिने प्रतिक्रिया दिए ।

साफ च्याम्पियनसिपलाई तयारी

नेपालले आगामी जुनमा श्रीलंकामा हुने साफ च्याम्पियनसिप खेल्दैछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालको लागि हरेक पटक साफ खेल्दा उपाधि जित्ने सपना हुनेछ । नेपालको लागि साफ अहिले विश्वकप जित्नु जस्तै बनेको छ ।

एसियन कप छनोटको अन्तिम चरण खेल्दै गर्दा नेपालको नजर एकातर्फ एसियन कपतिर हुनेछ भने अर्कोतर्फ साफ च्याम्पियनसिपको तयारीको रूपमा पनि हुनेछ । किनकी साफका लागि यो खेलहरू नेपाललाई तयारी गर्ने अवसर बन्नेछ । नेपालले साफ अघि जुनमै एसियन कप छनोटको खेलमा लाओससँग पनि खेल्नेछ ।

कप्तान किरणले साफ आउने लागेको यो दुई खेल महत्वपूर्ण हुने बताए । ‘२०२५ मा व्यस्त खेलतालिका छ । साफ अघि लाओससँग पनि खेल छ । त्यसबाहेक साफको दुई साताअघि नेपालमै सिरिजहरू खेल्न पाए हाङ्गीलाई राम्रो हुन्छ । तयारी पनि राम्रो हुन्छ’ उनले भने ।

यस्तै किरणले सारा नेपालको सपना नै साफ जित्नु रहेको तर पछिल्लो समयमा हेरिटेज खेलाडी खेलाउँदा साफमा प्रतिस्पर्धा बढेको बताए । ‘मेरो मात्र नभएर सबै नेपालीको ड्रिम हो साफ जित्ने । तर हरेक वर्ष साफमा प्रतिस्पर्धा बढिराछ । धेरै देश (बंगलादेश, पाकिस्तान, श्रीलंका) ले हेरिटेज खेलाडी लिइराछ । हामीले पनि प्रयास गरिरहेको हो । तर हाम्रो कानुनले गर्दा अली कठिन छ । अन्य राष्ट्रमा सरकारले नै समन्वय गरिराछ’ उनले भने ।

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

प्रशिक्षकलाई यो दुई खेलबाट मिसन साफ सुरु भएको हो त भन्ने प्रश्नमा उनले केही सेकेण्ड रोकिएर ‘नो’ भने । तर अहिले यो दुई खेलमा केन्द्रित भएपनि पछिको लक्ष्य साफ नै रहेको उनले बताए । ‘म यो दुई खेलमा फोकस छु । सिंगापुरसँगको गेमले अन्तर्राष्ट्रिय फुटबल कहाँ छौं भनेर प्यारामिटर दिनेछ । यो दुई खेलपछि हामी नयाँ योजना बनाउनेछौं’ उनले भने ।

उनले एसिया र साउथ एसियामा खेल्न फरक रहेको पनि बताए । ‘मेरो एक आँखा आउने सातामा केन्द्रित छ भने अर्को आँखा साफदेखि पछि-पछि सम्म छ । अहिलेको यो दुई खेलमा केन्द्रित छौँ । फर्केर आएपछि साफको लागि तयारी गर्नेछौं’ उनको भनाइ थियो ।

घरेलु मैदानमा खेल्न नपाउँदा दु:ख

नेपालको पुरुष राष्ट्रिय टिमले घरेलु मैदानमा नखेलेको धेरै समय भइसकेको छ । फिफा विश्वकप र एसियन कप छनोटको दोस्रो चरणमा नेपालले यमन विरुद्ध पछिल्लो पटक ( २०८० मंसिरमा) घरेलु मैदानमा खेलेको थियो ।

त्यसपछि दशरथ रंगशालमा खेल्न नपाएको एक वर्ष भन्दा बढी समय भइसकेको छ । विश्वकप छनोटअन्तर्गत नै दोस्रो चरणमा नेपालले बहराइन र युएईविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल विदेशमा गएर खेल्नुपरेको थियो । दशरथ रंगशालाको पिचको अवस्था, सुरक्षा र फ्लड लाइटको कारणले नेपालले बाहिर गएर खेल्नुपरेको थियो ।

यस पटक पनि नेपालले मलेसियासँग पहिलो खेल घरेलु मैदानमा खेल्ने तालिका थियो । तर दशरथ रंशालाको सुरक्षा मापदण्ड पिचको अवस्था लगायत विषय ठिक नभएको भन्दै एएफसीले नेपाललमा खेल खेलाउने अनुमति दिएन ।

घरेलु मैदानमा खेल्न नपाउँदा दु:ख लागेको कप्तान किरणले बताए । ‘निश्चय पनि दु:ख लाग्छ । गत वर्ष पनि केही खेलबाहिर खेल्नुपर्‍यो’ किरणले भने । उनले यस पटक होम म्याच नेपालमै गराउनका लागि आफूले प्रधानमन्त्रीलाई समेत भेटर प्रयास गरेको पनि बताए ।

यद्यपी यस पटक भने नेपाल र मलेसियाले खेल्ने होम म्याच स्वाप भएको छ । एएफसीका अनुसार नै नेपालको होम गेम मलेसियामा खेल्ने र पछि मलेसियाको होम गेम नेपालमा गर्ने सहमति भएको छ ।

कप्तान किरणले अन्य होम म्याचहरू नेपालमा खेल्न पाउने आशा व्यक्त गरे । ठूला टिमसँग घरेलु मैदानमा खेल्दा दर्शकको साथ हुने र त्यसले खेलाडीलाई उर्जा दिने बताए ।

‘नेपालमा खेल्न पाउनु बेस्ट हो । ठूला टिमसँग खेल्दा दर्शकको साथले बुस्ट हुन्छ ।आशा छ मलेसियासँग अर्को खेल होममा हुनेछ र अन्य खेलहरू पनि घरेलु मैदानमा खेल्न पाउँछौं’ किरणले भने ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School