मैत्रीपूर्ण खेल र जितको अन्तर कम भएपनि नेपाली फुटबल, म्याट रोस र नेपाली टिमका लागि भने यो जित धेरै हिसावमा अर्थपूर्ण रह्यो ।
१० चैत, काठमाडौं । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपालबाट राष्ट्रिय टिमको प्रशिक्षकमा डेब्यु गर्दै जित हात पारे । अष्ट्रेलियाका ४७ वर्षीय रोसको प्रशिक्षणमा नेपालले अन्तर्रष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार सिंगापुरलाई १-० ले हरायो ।
मैत्रीपूर्ण खेल र जितको अन्तर कम भएपनि नेपाली फुटबल, म्याट रोस र नेपाली टिमका लागि भने यो जित धेरै हिसावमा अर्थपूर्ण रह्यो । फरवार्ड जिलेस्पी जंग कार्कीले १२औं मिनेटमै गरेको गोल निर्णायक बन्दा नेपालले सिंगापुरलाई इतिहासमै पहिलो पटक हरायो ।
सुरुमा प्रशिक्षक रोसकै कुरा । उनी नेपालको प्रशिक्षक नियुक्त भएको धेरै भएको छैन । अनि उनले टिमसँग प्रशिक्षण गर्ने धेरै समय पनि पाएनन् । केबल दुई साता जति नेपाली खेलाडीहरूलाई सँगै राखेर प्रशिक्षण गर्दै सिंगापुर उडेका थिए ।
उनले यसअघि कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिएनन् । त्यसैले उनका लागि धेरै हिसाबमा अवस्था फरक थियो र चुनौती पनि । त्यसलै उनले नेपाली टिमसँग विदेश टुर गर्नुअघि आफ्नो सपना पूरा भएको क्षण भनेर प्रतिक्रिया दिएका थिए ।
उनले सिंगापुर विरुद्ध उत्कृष्ट टिम खेलाएर राम्रो प्रदर्शन गर्ने भएका थिए । उनले आफ्नो पहिलो खेलमै जितको स्वाद चाखे । त्यसपछि उनलाई बधाई दिनेहरूको लर्को लाग्यो । सिंगापुरमै नेपालको खेल हेर्न उपस्थित भएका नेपाली समर्थकहरूले रोसलाई नेपाली ढाका टोपी लगाइदिने देखि नेपालको झण्डा दिएर सम्मान गर्ने सम्म काम गरे । पहिलो खेलमै जित दिएर उनले धेरै नेपालीको विश्वास जिते ।
उनको खेल्ने शैलीमा केही फरक पनि देखियो । टिमलाई एकजुट बनाएर खेलाए । नेपाल पोसेसनमा पछि पर्दा पनि सुरुमै गरेको गोललाई अन्तिमसम्मा कायम राख्दै जित निकाल्न सफल भयो । नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङले सिंगापुरको आक्रमण लगातार विफल पार्दै नेपालको लागि सानदार प्रदर्शन गरे ।
उनै किरणको कप्तानीमा नेपालले पहिलो पटक सिंगापुरलाई हरायो । त्यो पनि सिंगापुरकै भूमिमा । नेपालका लागि यो ऐतिहासिक जित रह्यो । नेपाल र सिंगापुर ३६ वर्षपछि आमने सामने हुँदै थिए । नेपालले पछिल्लो पटक सन् १९८९ मा विश्वकप छनोटमा सिंगापुर विरुद्ध खेलेको थियो । जसमा नेपाल ७-० ले पराजित भएको थियो ।
नेपाली टिममा हाल रहेका कुनै पनि खेलाडी त्यो बेला जन्मिएका समेत थिएनन् । त्यही छनोटमा नेपाल सिंगापुरसँग ३-० ले पराजित भएको थियो । यस्तै सन् १९८२ को किंग्स कपमा नेपाल सिंगापुरसँग २-० ले पराजित भएको थियो ।
हारको इतिहास मात्र पढेका खेलाडीहरूले वर्तमानमा सिंगापुरलाई हराएर नेपालको ऐतिहासिक जितको कथा लेखाए । त्यसमा वर्तमान पुस्ता साक्षी बन्न पाए । ऐतिहासिक जित दिलाउन नायक बने जिलेस्पीजंग कार्की । उनले मनिष डाँगीले दायाँ भागबाट दिएको क्रसलाई वान टचमै गोलमा परिणत गरेका थिए ।

२६ वर्षीय फरवार्ड जिलेस्पी पछिल्लो समय नेपालका लागि मुख्य गोलकर्ता जस्तै बनेका छन् । उनले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् भने पछिल्लो चार मध्ये तीन खेलमा उनले गोल गरेका छन् । पछिल्लो चार खेलमा नेपालले तीन खेलमा ५ गोल गरेको छ । त्यमसा जिलेस्पीको नाममा ३ गोल छ भने सन्जिव विष्ट र रोहित चन्दले १-१ गोल गरे । फरवार्ड सन्जिव विदेशिएका छन् भने रोहितले आफ्नो डेढ दशक भन्दा लामो करियरमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
जिलेस्पीले विश्वकप छनोट अन्तर्गत यमन विरुद्ध २-२ को बराबरी भएको खेलमा गोल गरेका थिए । त्यसै खेलमा सन्जिवले पनि गोल गरेका थिए । त्यसपछि गत कात्तिक-मंसिरमा ताजिकिस्तान भ्रमणमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । ताजिकिस्तानसँग ४-० ले पराजित भएको नेपालले अफगानिस्तानलाई भने २-० ले पराजित गरेको थियो ।
नयाँ कोचको आगमनमा राम्रो सुरुवात गरेको नेपाली टोली यो लयलाई निरन्तरता दिन चाहन्छ । किनभने सन् २०२५ मा नेपालले महत्वपूर्ण खेलहरू खेल्ने तालिका छ ।
यस्तै अफगानिस्तानलाई हराएपछि नेपालले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । त्यसको झण्डै साढे चार महिनापछि नेपालले सिधै सिंगापुर सँग मैत्रीपूर्ण खेल खेल्यो । त्यो पनि एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्ध हुने खेलको तयारी स्वरुप नेपालले सिंगापुरसँग खेलेको हो ।
यस्तै सिंगापुर विरुद्धको जित दुई नयाँ खेलाडीको लागि आज खास बन्यो । पहिलो पटक राष्ट्रिय टिममा परेका डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरीले यसै खेलबाट सिनियर टिममा डेब्यु गरे । डेब्युमै जितको स्वाद चाख्न पाए । त्यसमा पनि डिफेण्डर सुमनले अनन्त तामाङसँगै पहिलो रोजाइमै खेल्ने अवसर पाए । युवा फरवार्ड सुबासले भने ७२औं मिनेटमा एरिक विष्टको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।
खासमा सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको लागि अन्तिम चरणको छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तालिका थियो । तर नेपालको दशरथ रंगशालमा अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेपछि नेपालले आफ्नो होम म्याच मलेसियासँग खेल्नुपर्ने भयो । मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति भएको छ ।
त्यसैले नेपालले मार्च २५ मा एसियन कप छनोट खेल् खेल्ने मलेसिया जाने भएपछि त्यही अवसरमा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर मिलाएको हो ।
जुन नेपालका लागि तयारी गर्ने राम्रो अवसर बन्यो । नेपालले सिंगापुरलाई पहिलो पटक हराएपछि अहिले नेपाली टिम खेलाडी फुटबल समर्थक सबै नै उत्साहित बनेको छ ।
नयाँ कोचको आगमनमा राम्रो सुरुवात गरेको नेपाली टोली यो लयलाई निरन्तरता दिन चाहन्छ । किनभने सन् २०२५ मा नेपालले महत्वपूर्ण खेलहरू खेल्ने तालिका छ । नेपालका लागि विश्वकप जस्तै रहेको साफ च्याम्पियनसिप यही वर्ष जुनमा हुँदैछ । एसियन कप छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले ५ खेल यसै वर्ष खेल्दैछ । त्यसको सुरुवात मलेसियासँगको खेलबाटै हुँदैछ ।
त्यसपछि नेपालले जुनमा लाओससँग उसैको मैदानमा खेल्नेछ । यस्तै अक्टोरमा नेपालले भियतनामसँग उसैको मैदानमा पहिलो खेल खेल्नेछ र त्यसपछि घरेलु मैदानमा भियतनामलाई आतिथ्य गर्नेछ । नेपालले मलेसायसँग होम म्याच आगामी नोभेम्बरमा खेल्ने तय छ ।
यस बाहेक नेपालले यो वर्ष केही मैत्रीपूर्ण खेलहरू समेत खेल्ने सम्भावना छ । विशेषगरी जुनमा हुने साफ च्याम्पिसयनसिपअघि तयारी स्वरुप केही मैत्रीपूर्ण खेल खेल्न पाए राम्रो हुने कप्तान किरण चेम्जोङले बताएका छन् । यसका लागि उनले एन्फासामु प्रस्ताव पनि राखेका छन् ।
खेलाडीहरू उत्साहित
गत वर्ष नेपालले विश्वकप र एसियन कप छनोट लगायत खेलहरूमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । यसमा खेलाडीहरू समेत निराश बनेका थिए । तर नयाँ प्रशिक्षक रोसको प्रशिक्षणमा पहिलो खेलमै जित निकालेको नेपाली टोली अहिले उत्हासित छन् । सिंगापुर विरुद्धको जितबा६ नेपाली खेलाडी र टिम उत्सहित बनेको छ ।
अब मलेसियासँग मंगलबार हुने खेलका लागि नेपाली खेलाडीहरू मोटिभेट भएका छन् । सिंगापुर विरुद्धको जितमा मलेसियासँगको खेलका लागि मोरल बुस्ट हुने खेलाडीको प्रतिक्रिया छ ।
कप्तान किरण चेम्जोङसहित सिनियर खेलाडीहरू रोहित चन्द अनन्त तामाङ अन्जन विष्टले सामाजिक सञ्जालमा स्ट्यास लेख्दै जितको खुशीले टिम मोटिभेट भएको जनाएका छन् ।
‘मेरो खेलाडीहरूप्रति सधैँ गर्व छ । हामीले इतिहास बनायौँ । र यो हामीले मिलेर गर्यौँ । मेरो सम्पूर्ण टिमलाई धेरै धन्यवाद र हामीलाई विश्वास गरेकोमा हाम्रो नयाँ कोचलाई पनि धन्यवाद । धेरै यात्रा गर्नुछ’ किरणले फेसबुकमा लेखेका छन् ।
यस्तै रोहितले सिंगापुर विरुद्ध ठूलो जित धन्दै रंगशालमा नेपाललाई समर्थन गर्न आएङ्का सबैलाई धन्यवाद भनेका छन् । भरत खवासले सबैलाई बधाई लेखेका छन् । अन्जन विष्टले नेपाली टिमको फोटोहरूसहित स्ट्याटसमा नेपालको झण्डा मात्र राखेर पोष्ट गरेका छन् ।
अनन्त तामाङले राष्ट्रिय टिममा फर्केर जित हात पार्दा खुशी लागेको र विपक्षीकै मैदानमा जित्दा अ मिठा बनाएको लेखेका छन् । ‘राष्ट्रिय ड्युटीमा फर्केर जित आत्मसात गर्न पाउँदा खुसी लागेको छ । यस्तो कठिन परिस्थितिमा विपक्षीकै घरमा आएर टोलीको कडा परिश्रमले यो जितलाई अझ मीठो बनाएको छ’ चोटका कारण पछिल्लो पटक ताजिकिस्तान र अफगानिस्तान विरुद्ध टिममा नरहेका अनन्तले लेखेका छन् ।
यस्तै उनले मलेसिया विरुद्ध पनि दृढ भएर खेल्ने बताएका छन् । ‘सबै बधाई सन्देशहरूका लागि धन्यवाद, आउने दिनमा पनि यस्तै साथ निरन्तर रहने आशा गर्छौं । अब अझ बढी दृढ संकल्पका साथ मलेसिया विरुद्धको ठूलो चुनौतीको तयारीमा जुट्नेछौं ।’
यस्तै मनिष डाँगी, जिलेस्पीजंग कार्की, एरिक विष्ट, रोहन कार्कीले समेत स्ट्यास पोष्ट गर्द दुशी व्यक्त गरेका छन् । मनिष डाँगीले समर्थन गर्न आएका सबै दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् । यस्तै एरिकले सिंगापुर विरुद्धको जित नेपाल टिम र समर्थकका लागि भनेर पोष्ट गरेका छन् ।
अर्को चुनौतीका लागि अझ धेरै एकजुट र बलियो भएर आउने एरिकले लेखेका छन् ।रोहन कार्कीले पनि समर्थकहरूको साथलाई धन्यवाद भनेका छन् । सनिश श्रेष्ठले घर बाहिरको जित सधैँ विशेष हुने बताएका छन् ।