साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दै

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दै



प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

साफ यू २० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दैछ । नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेका हुन । समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो ।

त्यसपछि नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो। समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ ।

यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा उपाधि जितेको थियो । त्यतिबेला विमल विमल घर्तिमगर, अन्जन विष्ट, सुनिल बल, तेज तामाङ, अनन्त तामाङ, हेमन्त थापामगर लगायतका खेलाडीहरु थिए । पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै सन् २०१५ पहिलो संस्करणको उपाधि घरेलु मैदानमा नेपालले जितेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School