सान फ्रान्सिस्कोमा आइसको अभियान : अपार्टमेन्ट र अदालतबाट गरी एकै दिन १३ जना पक्राउ



प्रकाशित मिति : भाद्र १२, २०८२ शुक्रबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले सान फ्रान्सिस्कोमा एक अभियान सञ्चालन गरी १३ जना कागजातबिहीन आप्रवासीलाई नियन्त्रणमा लिएको छ। क्यालिफोर्नियाभरि पछिल्ला दिनहरूमा भइरहेको गिरफ्तारी संख्या तीव्र गतिमा बढिरहेको बेला यो कदम उठाइएको हो।

सान फ्रान्सिस्को इमिग्रान्ट लिगल डिफेन्स प्रोग्रामकी निर्देशक मिल्ली एटकिन्सनका अनुसार बिहीबार ह्यारिसन स्ट्रीट नजिकको एउटा अपार्टमेन्ट कम्प्लेक्समा गरिएको आइसको अभियानमा सात जना आप्रवासी पक्राउ परेका थिए। एटकिन्सनका अनुसार सान फ्रान्सिस्कोमा हालसम्म भएको सबैभन्दा ठूलो एकैपटकको गिरफ्तारी हो।

सामाजिक सञ्जाल रेडिटमा सार्वजनिक गरिएको भिडियोमा तीन जना पुरुषलाई एजेन्टहरूले सडक छेउमै हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। उनीहरूको वरिपरि मास्क लगाएका आइस एजेन्टहरू उभिएका थिए। भिडियोमा नदेखाइएका अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको पुष्टि गरिएको छ।

सान फ्रान्सिस्कोमा आइसको अभियान : अपार्टमेन्ट र अदालतबाट गरी एकै दिन १३ जना पक्राउ

सान फ्रान्सिस्कोमा आइसको अभियान : अपार्टमेन्ट र अदालतबाट गरी एकै दिन १३ जना पक्राउ

गिरफ्तारीका ठ्याक्कै कारण र परिस्थिति भने अझै स्पष्ट छैन् । तर, सहरको र्‍यापिड रेस्पोन्स नेटवर्कका वकिलहरूले पक्राउ परेकासँग भेटघाट गर्ने, उनीहरूको अवस्था बुझ्ने र कानुनी सहायता उपलब्ध गराउने प्रयासमा जुटिरहेका छन्।

एटकिन्सनले भनिन्, “यति धेरैलाई नियन्त्रणमा लिएकाले प्रक्रियामा समय लाग्नेछ। केही घण्टापछि मात्रै प्रत्येक मुद्दामा के हुन्छ भन्ने प्रष्ट हुनेछ।”

अदालतबाट पनि ६ जना पक्राउ

सन् फ्रान्सिस्कोको सान्सोम स्ट्रीटस्थित आप्रवासन अदालतमा बिहीबार सुनुवाइपछि थप ६ जना आप्रवासीलाई समेत नियन्त्रणमा लिइएको एटकिन्सनले पुष्टि गरिन्।
उनले भनिन्, “अदालतमा हुने यी गिरफ्तारीहरू पछिल्ला दुई महिनादेखि जारी अभ्याससँग मेल खान्छन्। यसरी केस खारेज गरेर मानिसहरूको शरण माग्ने अधिकार खोस्ने र तिनीहरूलाई छिटो प्रक्रियामा पठाउने कार्य भइरहेको छ। हामीले हरेक हप्ता अदालतमा यस्तै देखिरहेका छौँ।”





Source link

Leave a Comment