सरकारले ६० अर्ब रुपैया भुक्तानी नगरेको निर्माण व्यवसायीको भनाई

सरकारले ६० अर्ब रुपैया भुक्तानी नगरेको निर्माण व्यवसायीको भनाई



प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

चालु आर्थिक बर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले पत्रकार सम्मेलन गरेर भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अरबौ रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो ।

बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले भन्नुभयो ।

आर्थिक वर्षको अन्त्यमा स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उहाँले बताउनुभयो ।

सरकारले ६० अर्ब रुपैया भुक्तानी नगरेको निर्माण व्यवसायीको भनाई

यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उहाँले बताउनुभयो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School