प्रकाशित मिति : १३ असार २०८३, शनिबार

फोटो :एपी/रासस
विश्वकप फुटबलमा कोलम्बियाले पोर्चुगललाई समूह विजेता बन्नबाट रोकेको छ । समूह ‘के’ अन्तर्गत पोर्चुगल र कोलम्बियाबिच भएको खेल बराबरीमा सकिएपछि पोर्चुगलको समूह विजेता बन्ने सपना पूरा हुन सकेन ।
यो बराबरीसँगै पोर्चुगल ५ अङ्कका साथ समूह ‘के’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, ७ अङ्क जोडेको कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अमेरिकाको मियामी रङ्गशालामा पोर्चुगल र कोलम्बियाबिच भएको खेल निकै प्रतिस्पर्धात्मक भए पनि गोल भने हुन सकेन । यसै समूहबाट उज्वेकिस्तानलाई हराउँदै डीआर कंगो पनि ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको छ ।
यससँगै ५२ वर्षपछि विश्वकप खेलेको कंगो पहिलो पटक नै नकआउट चरणमा पुग्न सफल भएको छ ।