८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औं महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।
आईपीयू प्रधान कार्यालय कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ ।
टोलीमा सभामुख घिमिरेसहित सांसदहरु रमेश लेखक, महेश कुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।
संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् ।
टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।