श्रीलङ्का घुम्न मन छ ? अबदेखि नेपालीले पाउनेछन् नि:शुल्क पर्यटक भिसा, ३० दिन बस्न पाइने



प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार

श्रीलङ्का घुम्न मन छ ? अबदेखि नेपालीले पाउनेछन् नि:शुल्क पर्यटक भिसा, ३० दिन बस्न पाइने

श्रीलङ्का सरकारले नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–ईटिए) दिने व्यवस्था लागू गरेको छ। यससँगै नेपाली पर्यटकले अब शुल्क नतिरी श्रीलङ्काको यात्रा गर्न सक्ने भएका छन्।

काठमाडौंस्थित श्रीलङ्काली दूतावासका अनुसार नेपालसहित ४० देशका नागरिकलाई लक्षित गर्दै यो सुविधा लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार पर्यटन प्रयोजनका लागि श्रीलङ्का जाने नेपाली नागरिकले २५ मे २०२६ (सोमबार) देखि ३० दिन अवधिको डबल-एन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यसको अर्थ, यात्रुले ३० दिनको अवधिमा दुई पटकसम्म श्रीलङ्का प्रवेश गर्न सक्नेछन्। यसले छोटो अवधिको भ्रमण, पारिवारिक भेटघाट वा बहु(गन्तव्य यात्रा गर्ने नेपालीलाई थप सहजता दिने अपेक्षा गरिएको छ।

श्रीलङ्काली दूतावासले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि अनलाइनमार्फत ईटिए अनिवार्य रूपमा लिन आग्रह गरेको छ। यात्रुहरूले आधिकारिक वेबसाइट www.eta.gov.lk मार्फत आवेदन दिन सक्नेछन्। साथै, काठमाडौंस्थित दूतावासबाट पनि आवश्यक जानकारी तथा सहयोग लिन सकिने जनाइएको छ।

पछिल्ला वर्षहरूमा दक्षिण एसियाली मुलुकहरूबीच पर्यटन प्रवर्द्धन र नागरिक आवतजावत सहज बनाउने प्रयास भइरहेका बेला श्रीलङ्काको यो कदमले नेपाली पर्यटकलाई नयाँ अवसर खुला गरेको छ । अब नेपालीका लागि समुद्री किनारा, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिएको श्रीलङ्का यात्रा अझ सहज र सुलभ बन्ने भएको छ।





Source link

Leave a Comment