विश्वकप फुटबल: कप्तान ह्यारी केन चम्किएपछि इङ्ग्ल्यान्ड अन्तिम १६ मा



प्रकाशित मिति : १७ असार २०८३, बुधबार

विश्वकप फुटबल: कप्तान ह्यारी केन चम्किएपछि इङ्ग्ल्यान्ड अन्तिम १६ मा

फोटो :रासस

इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ। अमेरिकाको एटलान्टा रङ्गशालामा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो।

डीआर कङ्गोविरुद्ध इङ्ग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केन नायक बने। उनले इङ्ग्ल्यान्डका लागि दुवै गोल गरे। खेलमा पहिलो अग्रता भने काङ्गोले लिएको थियो।

खेलको ७औँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कङ्गोलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ७५औँ मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ८६औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र इङ्ग्ल्यान्ड विजयी भयो। यस हारसँगै कङ्गो विश्वकपबाट बाहिरिएको छ।

यो खेलमा दुई गोल गरेसँगै केनले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ५ पुर्‍याएका छन्। उनीसँगै नर्वेका एर्लिङ हालान्डले पनि ५ गोल गरेका छन्। त्यस्तै फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीको समान ६ गोल छ।

विश्वकप फुटबल: कप्तान ह्यारी केन चम्किएपछि इङ्ग्ल्यान्ड अन्तिम १६ मा

यसका साथै केनले विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या १३ पुर्‍याएका छन्। उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रूपमा छैटौँ स्थानमा उक्लिएका छन्। अब इङ्ग्ल्यान्डले जुलाई ६ मा मेक्सिकोको सामना गर्नेछ।





Source link

Leave a Comment