प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार

अमेरिकाको वाशिङ्टन डी.सी.मा दुई नेशनल गार्डका सदस्यमाथि भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा संलग्न मानिएका रहमानुल्लाह लाकनवालका परिवारलाई देशनिकाला गर्ने विषयमा प्रशासनले अध्ययन गरिरहेको बताएका छन्।
बिहीबार एक पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै ट्रम्पले भने, “हामी अहिले त्यो विषय हेर्दैछौँ। परिवारसहितको सम्पूर्ण परिस्थितिको मूल्यांकन भइरहेको छ।”
बुधबार भएको आक्रमणमा वेस्ट भर्जिनियाबाट तैनाथ दुई नेशनल गार्ड सदस्य साराह बेक्स्ट्रम र एन्ड्र्यू वुल्फ घाइते भएका थिए। राष्ट्रपति ट्रम्पका अनुसार २० वर्षीय बेक्स्ट्रमको मृत्यु भएको छ भने २४ वर्षीय वुल्फको शल्यक्रिया सम्पन्न भए पनि उनको अवस्था गम्भीर छ।
२९ वर्षीय लाकनवालले वाशिङ्टन राज्यबाट डी.सी. पुगेपछि उनीहरूमाथि लक्षित आक्रमण गरेको आरोप छ। आक्रमणपछि घाइते भएका लाकनवाललाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको अमेरिकी अटर्नी जेनिन पिर्रोले जानकारी दिए।
बेक्स्ट्रम र वुल्फलाई राजधानीमा फैलिएको अपराध नियन्त्रण अभियानअन्तर्गत गत अगस्टदेखि तैनाथ गरिएको थियो।
सिआइए निर्देशक जोन र्याटक्लिफका अनुसार लाकनवालले अफगानिस्तानमा एजेन्सीसँग सहकार्य गरेका थिए। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनी सन् २०२१ मा ‘अपरेसन एलाइज वेलकम’ मार्फत अमेरिका प्रवेश गरेको जनाएको छ ।
ट्रम्प प्रशासनले बाइडेन प्रशासनलाई ‘उचित जाँचबिन नगरी’ अफगान नागरिकलाई अमेरिका प्रवेश गराएको आरोप लगाउँदै आएको छ। तर, लाकनवालको आश्रय आवेदन भने यो वर्ष नै वर्तमान ट्रम्प प्रशासनले स्वीकृत गरेको थियो।
बेक्स्ट्रमको मृत्यु घोषणा गरेपछि ट्रम्पले तेस्रो विश्वका सबै देशबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्ने घोषणा गरेका छन् । तर, कुन देशहरू प्रभावित हुने भन्ने उल्लेख गरेनन्।
यसैबीच, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस)ले अफगान नागरिकहरूको सबै आप्रवासन प्रक्रिया अनिश्चितकालका लागि निलम्बित गरेको जनाएको छ। साथै, उच्च जोखिम भएका देशका नागरिकहरूलाई जारी भएका ग्रिन कार्डहरूको पनि व्यापक पुनरावलोकन हुने भएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
