वाशिंगटन डीसीमा नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न रक्षा मन्त्रीको आदेश



प्रकाशित मिति : भाद्र ६, २०८२ शनिबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ ।
तस्बिर : रासस/ एपी

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले वाशिंगटन डीसीका सडकमा गस्ती गरिरहेका नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न आदेश दिएका छन्। राजधानीमा अपराध नियन्त्रण गर्ने ट्रम्प प्रशासनको अभियान चलिरहेकै बेला यो कदम चालिएको हो।

यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा वाशिंगटनमा सैनिक पठाउन आदेश दिँदै अपराध “नियन्त्रण बाहिर” पुगेको र स्थानीय प्रहरीसमेत नियन्त्रणमा लिनुपरेको बताएका थिए।

गत हप्ता मात्र पेन्टागन र अमेरिकी सेनाले तैनाथ गरिएका २ हजार सैनिकले हतियार नबोक्ने बताएका थिए। पेन्टागनले अब नेशनल गार्डका सैनिक चाँडै हतियारसहित मिशनमा तैनाथ हुनेछन्, जुन उनीहरूको प्रशिक्षण र जिम्मेवारीसँग मेल खान्छ भनेको छ।

वाशिंगटन डीसीमा नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न रक्षा मन्त्रीको आदेश

वाशिंगटन डीसीमा नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न रक्षा मन्त्रीको आदेश

तर, हतियार बोकेपछि वाशिंगटनमा उनीहरूको भूमिकामा के परिवर्तन हुने हो भन्ने स्पष्ट छैन। हालसम्म सैनिकहरूले प्रत्यक्ष कानुन कार्यान्वयनमा भाग लिएका छैनन्।

स्थानीय प्रहरी र संघीय एजेन्सीका अधिकारीहरूले मात्र कारबाही गरिरहेका छन्। सैनिकहरू भने नेशनल मल्ल र युनियन स्टेशनजस्ता प्रमुख स्थानमा तैनाथ छन्। यस विषयमा वाशिंगटनकी मेयर म्युरियल बाउजरले कुनै प्रतिक्रिया दिएकी छैनन्।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले यस अभियानले वाशिंगटनमा “पूर्ण सुरक्षा” ल्याएको दाबी गरे। उनले यसलाई शिकागोमा समेत विस्तार गर्न सक्ने संकेत दिए। “डीसी नर्कजस्तै थियो,” उनले भने, “तर अब सुरक्षित छ।”

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार आगामी हप्ताहरूमा १९ वटा राज्यमा करिब १ हजार ७ सय नेशनल गार्डका सैनिक परिचालन हुनेछन्। टेक्सासमा सबैभन्दा धेरै सैनिक पठाइने अपेक्षा गरिएको छ, जहाँ उनीहरूले इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) लाई सहयोग गर्नेछन्।

तर, शिकागोका मेयर ब्रान्डन जोन्सनले ट्रम्पको योजनाप्रति कडा आपत्ति जनाएका छन्। उनले यसलाई “समन्वयहीन, अनावश्यक र अस्वस्थ दृष्टिकोण” भन्दै आलोचना गरे। उनले सैनिक परिचालनले स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीचको सम्बन्ध बिगार्ने चेतावनी पनि दिए।

वाशिंगटन डीसीमा नेशनल गार्डका सैनिकलाई हतियारसहित तैनाथ गर्न रक्षा मन्त्रीको आदेश

वाशिंगटन डीसीमा सैनिक परिचालनलाई सफल ठहराए पनि राष्ट्रपति ट्रम्पले ३० दिनको म्याद सकिएपछि राष्ट्रिय आपतकाल घोषणा गर्ने सम्भावना रहेको औँल्याएका छन्।





Source link

Leave a Comment