अमेरिकामा बस दुर्घटना: नायग्रा फल्सबाट फर्किरहेका ५ जना पर्यटकको मृत्यु



प्रकाशित मिति : भाद्र ६, २०८२ शनिबार

फोटो : रासस

अमेरिकाको न्युयोर्कमा भएको एक बस दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ। प्रहरीले नायग्रा फल्सबाट फर्किरहेको पर्यटक बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान भएको जनाएको छ।

दुर्घटनाग्रस्त बसमा ५४ जना यात्रु सवार थिए, जसमध्ये धेरैजसो भारत, चीन र फिलिपिन्सका नागरिक रहेको बताइएको छ।

प्रहरीका अनुसार केही यात्रु बसबाट बाहिर उछिट्टिएका थिए र केही घाइते घण्टौँसम्म बसको भग्नावशेषमा फसेका थिए। धेरै यात्रुले सिट बेल्ट नलगाएको अनुमान गरिएको छ।

अमेरिकामा बस दुर्घटना: नायग्रा फल्सबाट फर्किरहेका ५ जना पर्यटकको मृत्यु

अमेरिकामा बस दुर्घटना: नायग्रा फल्सबाट फर्किरहेका ५ जना पर्यटकको मृत्यु

दुर्घटनास्थल नायग्रा फल्सबाट करिब ४० माइल टाढा रहेको एउटा मोटरवे हो। नियाग्रा फल्स अमेरिका-क्यानाडा सीमा नजिकको एक प्रमुख पर्यटकीय स्थल हो।

दुर्घटनाको कारण अझै पत्ता लागेको छैन। अधिकारीहरूले ड्यासक्याम फुटेज भएका चालकहरूलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेका छन्। शनिबार न्यूयोर्क स्टेट प्रहरीले दुर्घटनामा मृत्यु हुने पाँच जनाको नाम सार्वजनिक गरेको छ।

चौबीस जना घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। अन्य घाइतेलाई पनि विभिन्न अस्पतालमा राखिएको छ भने १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई बाल अस्पतालमा लगिएको छ।

शनिबार दिउँसोसम्म १४ जना अझै अस्पतालमै उपचाररत छन्, तर उनीहरूको अवस्था स्थिर रहेको अधिकारीहरूले जनाएका छन्।
दुर्घटना बफेलो सहरबाट करिब ३० माइल पूर्व पेम्ब्रोक नजिकै भएको हो।

न्यूयोर्क स्टेट पुलिस ट्रुप कमान्डर आन्द्रे रे मेजरले दुर्घटनाको कारण अझै अनुसन्धानकै क्रममा रहेको बताएका छन्। बसका चालकले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेका छन् र हालसम्म उनीमाथि कुनै आरोप लगाइएको छैन।

अमेरिकामा बस दुर्घटना: नायग्रा फल्सबाट फर्किरहेका ५ जना पर्यटकको मृत्यु

प्रहरीका अनुसार, बस पूर्वतर्फ गइरहेको अवस्थामा नियन्त्रण गुमाएर मेडियन पार गरी खाल्डोमा खसेको थियो। दुर्घटना हुँदा बसमा धेरै बालबालिका पनि सवार थिए।





Source link

Leave a Comment