वाग्मती, गोकर्ण र गया : RajdhaniDaily.com


वाग्मत्याः र्सालले स्वकीयचरणौ संस्पृश्यरोगार्दितः
प्राणै कण्ठ गतोऽपि पामरजनो मुञ्चन्त्यशून् तत्तटे
सोऽन्ते योग सुगम्य मानपदवीं प्राप्नोति ह्रद्यं शिवं
वाञ्छन्ति त्रिदशां हि तादृशगतिं धीराजनाः किं पुनः
(–हिमवत्खण्ड, नेपाल माहात्म्य)

पवित्र वाग्मती नदीको महत्व प्राचीन ग्रन्थहरूमा विशद् रूपमा वर्णन गरिएको छ । वाग्मती नदीको स्मरण गर्र्दै प्राण त्याग गर्नेहरू, वाग्मती तटमा रहनेहरू, वाग्मती उत्तरगया क्षेत्रमा दान पुण्य गर्नेहरू, स्नान गर्नेहरूले भुक्ति र मुक्ति दुवै प्राप्त गर्न सक्छन् । पवित्र उत्तरगयामा वाग्मतीतटकै गोकर्णेश्वरक्षेत्रमा पिण्डदान नगरी अन्यत्रक्षेत्रमा गरिएको दानपुण्य, तर्पण, श्राद्ध आदि कार्यले पूर्णता पाउन नसक्ने हुन्छ । वाग्मती नदी सयाँैैं गङ्गा समान पुण्यदायिनी छिन् । ‘शतगंगा समाज्ञेया कलौ प्राम्ते हि वाग्मती’ भनिएको छ । वाग्मतीको अर्को नाम शिवगङ्गा हो । सृष्टिको उषाकालमा भगवान् ब्रह्माजीले पृथ्वी जगत् सृष्टि गर्नुभयो तर प्राणीहरूको सृष्टि क्रममा उहाँमाथि अनेकौंँ समस्या र चुनौतीहरू आए । आफ्ना सामु आएका चुनौती समाधानको खोजी गर्ने क्रममा ब्रह्माजी स्वयं शिवपुरीक्षेत्र वाग्द्वारमा गएर तप गर्न लाग्नुभयो । वाग्द्वारको अर्को नाम मृगेन्द्रशिखर हो । ब्रह्माजीको लामो तपस्यापछि खुसी भएका शिवजी हाँसे । हाँस्दा उनका मुखबाट जलकर्ण निस्के । यिनै जलका छिटा जलविन्दुमा परिणत भएर नदीका रूपमा बहन थाले । शिवले यी नदीको नाम शिवगंगा राखिदिए । यसपछि मानव सृष्टिको क्रम सञ्चालन गर्ने सामथ्र्य भयो ब्रह्माजीलाई ! अन्य देवताहरू पुण्य आर्जन गर्ने विचार गरेर वाग्द्वारदेखि बग्दै आएकी नदीतट गोकर्णक्षेत्र र गौरीघाट शंखमूल आदि क्षेत्रमा तपस्या गर्न थाले ।

सत्य, त्रेता, द्वापर, कलि सबै युगमा हाम्रो देशको महत्व अधिक छ । सत्ययुगमा सत्यवतीनगर, त्रेतामा तपोवती, द्वापरमा मुक्तिपुरी र कलि सबै युगमा गोकर्णक्षेत्रको आफ्नै महत्व रहेको छ । सत्ययुगमा सत्यवतीनगर, त्रेतामा तपोवती, द्वापरमा मुक्तिपुरी र कलिमा नेपाल नामले प्रख्यात् हिमशिखर बोकेको यो भूमिमा सूर्यका प्रातःकिरण र सन्ध्याका अन्तिम किरण पनि यहींँ पर्छन् । विश्वका लागि नेपाल पवित्र र स्वर्गीय आनन्द लिने क्षेत्र हो । पवित्र यसक्षेत्रमा गोकर्णेश्वरशिवलिंग छन् र ६४ ज्योतिर्लिंगमध्ये पावनज्योतिर्लिंग यसै क्षेत्रमा रहनुले यो कर्म र धर्मभूमि हो भन्ने कुरामा दुईमत छैन । उत्तरगया मानिने गोकर्णक्षेत्रमा पुसऔंँसी जुन यसपालि यही १५ पुसमा छ । र, भाद्रऔंसीमा स्नान, दान गर्नेहरूको अत्यधिक भीड लाग्छ । पितृहरूको स्मरणमा अन्य औंंसी, एकादशी तथा सोह्रश्राद्धका तिथिहरूमा पनि विशेष घुईँचो नै देखिन्छ । शनिबार÷सोमबार तथा अन्य दिनहरूमा पनि भक्तजनको कमी हुँदैन यहाँ । आन्तरिक पर्यटन, पिकनिक, मनोरञ्जनस्थलका रूपमा पनि यो परिचित छ । वरिपरि सुन्दर हरियाली, स्वस्थ वातावरण र वनजंगलले खुला हावा र पर्याप्त अक्सिजन अनि रोग निरोधक शक्ति वृद्धि गर्नसमेत त्यहाँ जानेहरूको कमी छैन । कैयौंँ लेखक, कवि, साहित्यकारहरूको सिर्जनाको स्रोतसमेत बनेको छ यो क्षेत्र !

काठमाडौंंको व्यस्त सहरदेखि झन्डै १० किमि पूर्व उत्तरक्षेत्रमा रहेको गोकर्णेश्वरमन्दिर हेर्नलायक छ । मन्दिर तीनतले छ, नेपाली शैलीको यो मन्दिर सुन्दर कलाले भरिपूर्ण छ । मन्दिरपरिसरमा चतुर्मुखी ब्रह्मा अनि यमराजका प्रतीक चित्रगुप्तका मूर्तिहरू छन् । मन्दिरमा रहेका टँुंडालहरू हेर्नलायक कलायुक्त छन् । यस क्षेत्रमा सतीदेवीको देब्रे कान पतन हुँदा गोकर्णपीठ तयार भएको र योगेश्वर महादेव उत्पन्न भई शिव र शक्ति संयुक्त रूपमा रहेका छन् ।

एक पटकको कुरा हो । संसारबाट शिवजी अन्तध्र्यान भएछन् । ब्रह्मा, विष्णु, इन्द्र आदि देवगणहरूले शिवजीको खोजी गर्न लागेछन् । ब्रह्माण्डमा शिवजीको खोजी गर्दा देवगणहरू पशुपतिक्षेत्र श्लेष्मान्तकवनमा पुगेछन् । शिवजी सुन्दर मृगको रूप लिएर यो वनमा रहेको कुरा स्वयं पार्वतीबाट ब्रह्मा, विष्णु, इन्द्रले थाहा पाएछन् । भगवान् मृगरूपलाई ब्रह्मा, विष्णु र इन्द्र मिलेर जोडले सिङमा समातेछन् । शिवजी अन्तध्र्यान भएका र मृगको सिङ भने ब्रह्मा, विष्णु र इन्द्रको हातमा आएछ । जोडले समातेकाले भाँचिएका सिङ टुक्राहरू उनीहरूका हातमा परेछन् । देवताहरू डराएछन्— अपराध भयो भनेर ! यतिकैमा आकाशवाणी भएछ, ‘आ–आफ्ना हातमा भएका सिङहरू लोकहितहेतु स्वर्ग, मत्र्य र पातालमा लगेर स्थापना गर्नू !’ इन्द्रको हातको सिङ स्वर्गमा, विष्णुको हातको सिङ पातालमा र ब्रह्माको हातको सिङ मत्र्यलोक पृथ्वीको यसै गोकर्णक्षेत्रमा स्थापना गरिएछ । गोकर्णमा स्थापना गरिएकाले यो क्षेत्रलाई गोकर्णेश्वर वा शृङ्गेश्वर भनिन थालिएछ ।

गोकर्णमा दिवंगत पितृहरूका नाममा पिण्डदान आदि कार्य गरिन्छ । बर्सेनि काठमाडौंँ उपत्यकादेखि बाहिरबाट आई पितृस्मरण गर्नेहरू पनि धेरै हुन्छन् । काठमाडौंँशहर र उपत्यकाभित्र रहनेहरू पनि ठूलो उत्साहका साथ यहाँ पितृकार्य गर्न जान्छन्

हालको गोकर्णेश्वर मन्दिरचाहिँ झन्डै १५ सय वर्ष मात्रै पुरानो हो । लिच्छवी राजा मानदेवले यसको निर्माण गराएका हुन् । उत्तरगयाको नामले चिनिएको यो क्षेत्र भारतको गयाक्षेत्रझैं प्रसिद्ध छ । अन्य किंवदन्तीहरू पनि छन् गोकर्णेश्वर महादेवका ’boutमा ! प्राचीन समय वृषकर्ण नामक एक व्यक्ति थिए उनको छोराको नाम थियो गोकर्ण ! बाबु–छोराको मेल थिएन । एकअर्कामा श्रापश्राप गरिरहन्थे । छोरो गोकर्ण मृत्युअघि नै यमलोक गएछ । पछि मृत्यु भएको बाबु वृषकर्णको श्राद्धकर्म गर्ने कोही भएनछ । प्रेतको रूपमा परिणत भएको वृषकर्ण पनि यमलोकमा प्रेतको रूपमा यताउति डुल्दै गर्न लागेछ । बाबु यमपुरीमा पे्रत बनेको र पीडाले छटपटिएको खवर छोरो गोकर्णले थाहा पाएछ । छोरो गोकर्णले आफ्नो बाबु चिनेर श्राद्ध, काजकिरिया आदि कार्य गरिदिएछ । पिण्डदान आदि कार्य गरेकाले बाबु वृषकर्णको उद्धार भएछ । प्रेत योनि पनि छुटेछ र छोरो गोकर्णलाई आशीर्वाद पनि दिएछ । बाबुको आशीर्वाद, पितृको स्नेह पाएको गोकर्ण पनि तरेछ । नारकीय यातनाबाट मुक्ति पाएको गोकर्णले पितृश्राद्ध गरेको दिन भाद्र कृष्ण कुशे औंसीको दिन पर्न गएछ । त्यसै संस्मरणमा अबदेखि त्यस दिन दिवंगत पितृहरूका नाममा पिण्डदान आदि कार्य गर्न त्यहाँ सुरु भएछ, जुन अद्यापि छ । बर्सेनि काठमाडाँैं उपत्यकादेखि बाहिरबाट आई पितृस्मरण गर्नेहरू पनि धेरै हुन्छन् । काठमाडौंँशहर र उपत्यकाभित्र रहनेहरू पनि ठूलो उत्साहका साथ यहाँ पितृकार्य गर्न जान्छन् ।

६४ ज्योतिर्लिंगमा गोकर्णेश्वर महालिंग
चन्द्रभागा तटे गच्छ गोकर्णेशो हि यत्र च । उत्तर गया महातीर्थे शतगया फलप्रदा ।।
स्कन्द पुराण, हिमवत्खण्ड नेपाल माहात्म्ये १४४ अध्याय श्लोक २३
क्रम संख्यामा ५४औं लिंग हो ।
स्कन्दकुमार मुनि अगस्त्यलाई भन्नुहुन्छ । धर्मेश्वर ज्योतिर्लिंग, विष्णुमती शिरभागको २ कोश पूर्व चन्द्रभागा तट, वाग्मती किनारा, उत्तरगया महातीर्थ सामु स्वयं ब्रह्मजी निर्मित गोकर्णेश्वर महालिंग रहेको छ । अन्य कतिपय लिंगहरू सिद्ध लिंग भएका र यो महालिंग हो । सय गया तीर्थ बराबरको फल चाहनेले त्यहाँको दर्शन गर्छन् । ने मुनिले सो कथा विरुपाक्षलाई बताउँछन् । मन्दिरको उत्तरमा चन्द्रभागा नदी, पूर्वमा वाग्मती र मणिमतीसमेतको त्रिवेणी हो त्यो । फल्गु तीर्थमा गरिएको भन्दा सय गुणा बढी फल मिल्छ । शिवका सम्पूर्णमा शिरभाग पशुपतिनाथ हुन् जो नेपालको राजधानी काठमाडौंमा रहेका छन् ।

काठमाडौंलगायत नजिकका १० जिल्लाहरूमा ६४ ज्योतिर्लिंगहरू छन् । ने मुनिबाट देशको नाम नेपाल रहने क्रममा उनै ने मुनिले विरुपाक्षलाई सम्पूर्ण पापबाट मुक्ति दिलाउन यी ६४ ज्यातिर्लिंगको दर्शन, पूजा, रुद्राभिषेक अनि सत्संग गराएका थिए । विरुपाक्षलाई मातृगमनको दोष लागेको थियो । सत्ययुगमा सत्यपुरी, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्ति सोपान भनिने यो भूमिलाई हालको कलियुगमा नेपाल भनिन्छ । ने मुनिबाट स्थापित र यहाँ सदैव न्यायेन पाल्यते भन्ने अर्थ अर्थात् यहाँका जनताहरू सधैं न्यायले सुरक्षित हुन्छन् भन्ने अर्थमा यहाँको नाम नेपाल रहन गएको हो । कलियुगको आरम्भ भने २०८१ सालसँगै जम्मा ५ हजार १ सय २५ वर्षमा प्रवेश गरेको छ । पौषकृष्णपक्षको औंसी गया औंसी, गोकर्णे औंसीको नामले बढी प्रसिद्ध छ ।

पूर्वीय वैदिक संस्कृतिको धरोहर क्षेत्र हाम्रो मुलुकमा वेत्रावती, वाराहक्षेत्र, काकवेणी र गोकर्णक्षेत्रमा यस दिन विशेष मेला लाग्ने गर्छ । रुरुक्षेत्र, मुक्तिक्षेत्र, वाराहक्षेत्र र पशुपतिक्षेत्रलाई नेपालको आदिम चारधाममध्येको क्षेत्र मानिन्छ । पशुपतिक्षेत्रकै पूर्वी भेग गोकर्णमा विष्णुपादुका श्राद्ध एवं उत्तरगयामा श्राद्ध गर्ने हाम्रो परम्परा रहिआएको छ । पूर्वी हाम्रो क्षेत्र सुनसरीको कौशिकी कोका नदीको संगममा स्नान, तर्पणदान, पिण्डदान गरी आफू र आफ्ना दिवंगत पितृहरूप्रति श्रद्धाभाव प्रकट गर्नु हाम्रो दिनचर्या नै भइसकेको छ । भारतको गयाक्षेत्रमा गई ठूलो पुण्य प्राप्ति गर्नेहरू पनि हामीकहाँ धेरै छन् ।

(Visited 10 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School