वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान उद्योग वाणिज्य महासङ्घले हटायो , अव अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गरिने



प्रकाशित मिति : असार २४, २०८१ सोमबार

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ ।

यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिनुभयो ।

उहाँले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान उद्योग वाणिज्य महासङ्घले हटायो , अव अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उहाँले समितिलाई धन्यवाद दिनुभयो ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ ।

संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान उद्योग वाणिज्य महासङ्घले हटायो , अव अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

महासङ्घको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने महासङ्घले जनाएको छ ।





Source link

Leave a Comment